Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 5d ago

जग्गा खरिदमा अनियमितता गरेको आरोपमा रेडक्रसका पूर्वअध्यक्ष सञ्जीव थापासहित ५ जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जीव थापासहित पाँच जनालाई पक्राउ गरेको छ। भक्तपुरको चाँगुनारायण नगरपालिकामा जग्गा खरिद गर्दा करोडौँ रुपैयाँ ठगी र अनियमितता गरेको आरोपमा उनीहरूलाई काठमाडौँबाट नियन्त्रणमा लिइएको हो। सीआईबीका एआईजी उमा प्रसाद चतुर्वेदीका अनुसार खरिद गरिएको जग्गामा क्षेत्रफल कम देखिएको र वित्तीय हिनामिना भएको सरकारी छानबिन प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको छ।

7 publishers · 9 headlines · developing over 1 day
How this story evolved· 2 updates
  1. 3 sources6d ago

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जीव थापासहित तत्कालीन पदाधिकारीहरूलाई पक्राउ गरेको छ। जग्गा खरिद गर्ने क्रममा अनियमितता र ठगी गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको सीआईबीका एआईजी उमा प्रसाद चतुर्वेदीले जानकारी दिनुभयो। खरिद गरिएको जग्गामा करिब ७ आना कम देखिएको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

  2. 6 sources6d agocurrent

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जीव थापासहित पाँच जनालाई पक्राउ गरेको छ। भक्तपुरको चाँगुनारायण नगरपालिकामा जग्गा खरिद गर्दा करोडौँ रुपैयाँ ठगी र अनियमितता गरेको आरोपमा उनीहरूलाई काठमाडौँबाट नियन्त्रणमा लिइएको हो। सीआईबीका एआईजी उमा प्रसाद चतुर्वेदीका अनुसार खरिद गरिएको जग्गामा क्षेत्रफल कम देखिएको र वित्तीय हिनामिना भएको सरकारी छानबिन प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको छ।

Broke firstOnlineKhabar logoOnlineKhabar

रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ

२ भदौ, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष सञ्जिव थापासहितका पूर्वपदाधिकारीहरू पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहरूलाई पक्राउ गरेको हो । सीआईबीका एआईजी उमा चतुर्वेदीका अनुसार, जग्गा किन्ने क्रममा अनियमितता गरी ठगी गरेको आरोपमा पक्राउ गरिएको हो । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

Coverage

8 more headlines since

  1. रेडक्रसका पूर्वपदाधिकारीहरूलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश

    ३ भदौ, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष सञ्जिव थापासहितका पूर्वपदाधिकारीहरूलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहरूलाई हिजो मंगलबार पक्राउ गरेको थियो । सीआईबीले पक्राउ गरेर भक्तपुर प्रहरीलाई बुझाएकोमा प्रहरीले बुधबार म्याद थपका लागि जिल्ला अदालत लगेको थियो । तर, उनीहरूविरुद्ध अदालतले म्याद थप […]

  2. नेपाल रेडक्रसको जग्गा खरिद प्रकरणमा पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

    काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल रेडक्रस सोसाइटीको भक्तपुरस्थित जग्गा खरिद प्रकरणमा पूर्वअध्यक्ष संजीव थापा र पूर्वकार्यकारी निर्देशक उमेशप्रसाद ढकालसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पूर्वअध्यक्ष थापा, पूर्वकार्यकारी निर्देशक ढकाल, राजेश देशमरु, मदनकृष्ण फोजु र इन्द्रबहादुर केसी रहेका छन्। उनीहरूलाई भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ। […]

  3. रेडक्रसको जग्गा खरिदमा अनियमितता गरेको आरोपमा पाँच जना पक्राउ

    भक्तपुर । नेपाल रेडक्रस सोसाइटीका लागि जग्गा खरिद गर्दा अनियमितता तथा ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त रेडक्रस सोसाइटीसम्बन्धी अनियमितता छानबिन प्रतिवेदन अनुसार

    Global Aawaj logoGlobal AawajPrivatearchives9 publishers
  4. रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जीव थापासहित ५ जना पक्राउ

    काठमाडौँ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष सञ्जीव थापा सहित ५ जनालाई पक्राउ गरेको छ। थापालाई काठमाडाैँबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी अनुपम शमशेर जबराले रातोपाटीलाई बताए। पक्राउ पर्नेमा रेडक्रस सोसाइटीमा

    Ratopati logoRatopatiPrivatestory9 publishers
  5. रेडक्रसका पूर्वअध्यक्ष थापासहितका तत्कालीन पदाधिकारी पक्राउ

    नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जीव थापासहितका तत्कालीन पदाधिकारी पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई पक्राउ गरेको ब्यूरोका प्रमुख, एआईजी उमा प्रसाद चतुर्वेदीले जानकारी दिए ।जग्गा किन्ने क्रममा अनियमितता गरी ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको एआईजी चतुर्वेदीले लोकान्तरलाई जानकारी दिए ।

    Lokaantar logoLokaantarPrivatestory9 publishers
  6. नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष र पूर्वपदाधिकारी पक्राउ

    नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जीव थापासहितका पूर्वपदाधिकारीहरू पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।जग्गा खरिदमा अनियमितता गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको सीआईबीका एआईजी उमा चतुर्वेदीले लोकान्तरलाई जानकारी दिए ।उनका अनुसार रेडक्रसका लागि खरिद गरिएको जग्गामा करिब ७ आना कम देखिएको पाइएको छ ।थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

    Lokaantar logoLokaantarPrivatestory9 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.