Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 5d ago

अविरल वर्षाका कारण गोरखा नगरपालिकामा चारतले घर भत्कियो

गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा अविरल वर्षाका कारण मानसिंह गुरुङको चारतले घर भत्किएको छ। सोमबार बिहान करिब ११ बजे घरको आँगन चिरिने र अनौठो आवाज आउन थालेपछि परिवारका सदस्यहरू बाहिर निस्कन सफल भएका थिए। जीवनभरको कमाइले बनाएको उक्त घर आँखाअगाडि नै गर्ल्याम्म ढले पनि मानवीय क्षति भने हुन पाएन। निरन्तरको वर्षाले जमिन भासिएका कारण उक्त दुर्घटना भएको बताइएको छ।

3 publishers · 3 headlines · developing over 7 hours
Broke firstRatopati logoRatopati

जीवनभरको कमाइबाट ठड्याएको घर आँखाअघि नै गर्ल्याम्म ढल्दा

गोरखा। साउन १८ गते सोमबार बिहान करिब ११ बजेतिर अविरल वर्षा भइरहेका बेला गोरखा नगरपालिका–९ लक्ष्मीबजारका मानसिंह गुरुङको घरमा एक्कासी केही चुँडिएको जस्तो आवाज आयो। केही सेकेन्डमै घरको आँगन चिरिन, छापिएका ढुङ्गा भत्किन र इट्टाका गाह्रो

story3 publishers
Coverage

2 more headlines since

first · 6d agolatest · 5d ago
  1. ‘केही मिनटमै घर गर्ल्याम, गुर्लुम् ढल्यो घर, होसै हराए जस्तो भयो’

    गोरखा- साउन १८ गते सोमबार बिहान करिब ११ बजेतिर अविरल वर्षा भइरहेका बेला गोरखा नगरपालिका–९ लक्ष्मीबजारका मानसिंह गुरुङको घरमा एक्कासी केही चुँडिएको जस्तो आवाज आयो। केही सेकेन्डमै घरको आँगन चिरिन, छापिएका ढुङ्गा भत्किन र इट्टाका गाह्रो उप्कन थालेपछि मानसिंह, उनकी श्रीमती चित्रकुमारी र दुई वर्षका नाति आत्तिएर सडकतिर दौडिए। पोलबाट घरसम्म टाँगिएको बिजुलीको तार चुँडियो […]

  2. जीवनभरको कमाइले बनाएको चारतले घर आँखैअघि गर्ल्याम्म ढल्दा.....

    गोरखा : साउन १८ गते सोमबार बिहान करिब ११ बजेतिर अविरल वर्षा भइरहेका बेला गोरखा नगरपालिका–९ लक्ष्मीबजारका मानसिंह गुरुङको घरमा एक्कासि केही चुँडिएको जस्तो आवाज आयो। केही सेकेन्डमै घरको आँगन चिरिन, छापिएका ढुङ्गा भत्किन र इँटाका

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.