
श्रीलंकामा बिरामीको मूत्रथैलीबाट ३.१ किलोको ढुंगा निकालियो
काठमाडौं। श्रीलंकाका चिकित्सकहरूले एक पुरुषको मूत्रथैलीबाट ३.१ किलोग्राम तौलको ढुंगा शल्यक्रियामार्फत निकालेका छन्। चिकित्सकहरूले यो अहिलेसम्मकै ठूलो ढुंगा भएको दाबी गरेका छन्। श्रीलंकाको पूर्वी क्षेत्रमा पर्ने त्रिन्कोमालीस्थित अस्पतालमा गत साता ५५ वर्षीय पुरुषको शल्यक्रिया गरी उक्त ढुंगा निकालिएको हो। स्ट्रोक भएपछि ती पुरुषलाई अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा उनलाई पिसाब फेर्न समस्या भइरहेको देखिएपछि […]



