कर्मचारीमाथि अख्तियारको डर देखियो : कानुनमन्त्री
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा मन्त्री गौतमले ऐन–कानुनमा स्पष्ट लेखिएका विषयहरूमा समेत कर्मचारीहरू अख्तियारको डरले स्पष्ट राय दिन र निर्णय गर्न हिचकिचाइरहेको बताएकी हुन्।

