केन्यामा हेलिकप्टर दुर्घटना: ५ अमेरिकी नागरिकसहित सात जनाको मृत्यु
केन्यामा भएको हेलिकप्टर दुर्घटनामा पाँच अमेरिकी नागरिक र इक्वेडरका गुप्तचर निकायका महानिर्देशकसहित ७ जनाको मृत्यु भएको छ।मध्य केन्याको माउन्ट ओलोलोक्वेमा भएको दुर्घटनामा हेलिकप्टरमा सवार सबै अर्थात् सातै जनाको ज्यान गएको बीबीसीले जनाएको छ । केन्याको नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टरले लक्जरी टुर एजेन्सीका पाहुनाहरूलाई बोकेको थियो । दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन ।इक्वेडरको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परी इक्वेडरको गुप्तचर निकायका महानिर्देशक मिखेल सेन्सी-कोन्टुगी र




