१० हजार घुससहित पक्राउ परेका वडा सचिवविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ का वडा सचिव अजयकुमार शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने बहानामा सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिएको अभियोगमा आयोगले उनीविरुद्ध शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार वडा सचिव शाहले नियमानुसार रीत पुर्याएर दिनुपर्ने सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र उपलब्ध गराउन सेवाग्राहीलाई दु:ख हैरानी दिई घुस माग गरेको उजुरी प
