Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 22 Septlast: 1d ago

सल्यानका सात पालिकामा स्क्रब टाइफस फैलियो, आठ जनाको मृत्यु

सल्यान जिल्लाका दश स्थानीय तहमध्ये सात पालिकामा स्क्रब टाइफस संक्रमण फैलिएको छ। सुरुमा दार्मा गाउँपालिकामा देखिएको यो रोग अन्य पालिकाहरूमा पनि पुगेको छ। स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार हालसम्म ४५८ जनामा संक्रमण पुष्टि भएको छ भने दार्मामा आठ जनाको मृत्यु भएको छ। संक्रमण अध्ययन गर्न विज्ञ टोली आउने भएको छ र सङ्घ तथा प्रदेश सरकारले थप परीक्षण किट उपलब्ध गराएको छ।

TopicsSalyan
6 publishers · 24 headlines · developing over 2 weeks
How this story evolved· 2 updates
  1. 2 sources22 Sept

    सल्यानको दार्मा गाउँपालिकामा स्क्रबटाइफसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिसहरू संक्रमित भएका छन्। सोमबार मात्रै १९१ जनाको परीक्षण गर्दा ६० जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक यज्ञबहादुर बस्नेतले जानकारी दिनुभयो। साउनको दोस्रो सातादेखि देखिएको यो प्रकोप नियन्त्रणका लागि प्रभावित क्षेत्रमा चिकित्सकको टोली परिचालन गरिएको छ।

  2. 15 sources1 Octcurrent

    सल्यान जिल्लाका दश स्थानीय तहमध्ये सात पालिकामा स्क्रब टाइफस संक्रमण फैलिएको छ। सुरुमा दार्मा गाउँपालिकामा देखिएको यो रोग अन्य पालिकाहरूमा पनि पुगेको छ। स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार हालसम्म ४५८ जनामा संक्रमण पुष्टि भएको छ भने दार्मामा आठ जनाको मृत्यु भएको छ। संक्रमण अध्ययन गर्न विज्ञ टोली आउने भएको छ र सङ्घ तथा प्रदेश सरकारले थप परीक्षण किट उपलब्ध गराएको छ।

Broke firstOnlineKhabar logoOnlineKhabar

सल्यानको दार्मामा स्क्रबटाइफस संक्रमण : १९१ जनाको परीक्षण गर्दा ६० मा पुष्टि

६ असोज, सुर्खेत । सल्यानको दार्मा गाउँपालिकामा स्क्रबटाइफसको संक्रमण बढ्दै गएको छ। पछिल्लो समय संक्रमण तीव्र बनेपछि गाउँपालिकाले चार स्थानमा एकैपटक परीक्षण सुरु गरेको छ। सोमबार मात्रै १९१ जनाको किटद्वारा परीक्षण गर्दा ६० जनामा स्क्रबटाइफस संक्रमण पुष्टि भएको छ। दार्मा गाउँपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक यज्ञबहादुर बस्नेतका अनुसार साउनको दोस्रो सातादेखि पालिकामा स्क्रबटाइफस देखिन थालेको […]

Coverage

23 more headlines since

  1. स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण

    स्याङ्जा समाचारदातास्याङ्जा, असोज २१ गते । स्याङ्जामा पछिल्लो तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउ...

  2. स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

    २१ असोज, स्याङ्जा । स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा […]

  3. स्क्रब टाइफसबाट महिला बढी प्रभावित, सल्यानमा संक्रमित ६७२ पुगे

    शारदा (सल्यान), असोज २१ गते । मंगलबार सल्यानमा थप २४ जना संक्रमित फेला परेसँगै किटजन्य रोग स्क्रब टाइफसबाट संक्रमित हुनेको सङ्ख्या ६७२ पुगेको छ। सरकारी तथा निजी स्वास्थ्य संस्थामा...

  4. सल्यानको दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या आठ पुग्यो

    दार्मामा पछिल्लो एक महिनायता स्क्रब टाइफस संक्रमण तीव्र रूपमा फैलिएको छ ।

  5. सल्यानमा स्क्रब टाइफसको प्रकोप : ७ जनाको मृत्यु

    सुर्खेत। सल्यानमा स्क्रब टाइफस नामक रोगको प्रकोप फैलिएको छ । भदौ १ यता हालसम्म उक्त रोगका कारण दार्मा गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीका अनुसार भदौ १ गते दार्मा गाउँपालिका—६

    Ratopati logoRatopatiPrivatestory24 publishers
  6. सल्यानको दार्मामा स्क्रबटाइफस संक्रमण, छ जनाको मृत्यु

    सल्यान समाचारदातासल्यान, असोज ६ गते । सल्यानको दार्मा गाउँपालिकामा स्क्रबटाइफसको संक्रमण तीव्र बनेपछि परीक्षण तथा उपचारका लागि चिकित्सकको टोली परिचालन गरिएको छ । सोमबार एकै दिन १९१...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.