Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 27 Septlast: 27 Sept

धनुषामा लागुऔषध कारोबार आरोपमा युवक पक्राउ, प्रहरीले गर्‍यो हवाई फायर

धनुषाको विदेह नगरपालिका–८ बफैमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले आइतबार हवाई फायर गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा ७/८ जनाको समूहले प्रहरीमाथि लाठीभाटालगायतले आक्रमण गर्न खोजेपछि प्रहरीले पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको हो। सो क्रममा प्रहरीले १४.४० ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित स्थानीय २२ वर्षीय अजयकुमार मण्डललाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरू फरार रहेको जनाइएको छ।

TopicsDhanusha
2 publishers · 2 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

लागुऔषध कारोबारी पक्राउ गर्न धनुषा प्रहरीले गर्‍यो हवाई फायर

जनकपुरधाम । धनुषा प्रहरीले लागुऔषध खैरो हेरोइन कारोबार भइरहेको सूचनाका आधारमा कारबाही गर्दै एक युवकलाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा प्रहरीमाथि स्थानीयको समूहले आक्रमण गर्न खोजेपछि प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको जनाएको छ। जिल्ला

story2 publishers
Coverage

1 more headline since

  1. धनुषामा प्रहरीद्वारा हवाइ फायर

    धनुषाको विदेह नगरपालिका–८ बफैमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले आइतबार हवाइ फायर गरेको छ ।लागुऔषध कारोबारमा संलग्न शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा ७/८ जनाको समूहले प्रहरीमाथि लाठीभाटालगायतले आक्रमण गर्न खोजेपछि प्रहरीले पेस्तोलबाट एक राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।त्यस क्रममा प्रहरीले १४.४० ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित स्थानीय २२ वर्षीय अजयकुमार मण्डललाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्य व्यक्ति

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.