कांग्रेस १५औँ महाधिवेशन: प्रतिमा गौतमद्वारा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले पार्टीको आसन्न १५औँ महाधिवेशनमा केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी छन्। लामो समयदेखि कांग्रेसको राजनीति र लोकतान्त्रिक आन्दोलनमा सक्रिय गौतमले पार्टीलाई थप बलियो बनाउँदै समुन्नत देश निर्माण गर्ने संकल्पसहित सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेको बताएकी हुन् । लोकान्तरसँग कुरा गर्दै उनले आफ्नो राजनीतिक यात्राको आधार ‘संघर्ष, सेवा र इमान्दारिता’ भएको बताइन् । २०४६ सालको ऐतिहासिक जनआन्दोलनदेखि सक्रिय राजनीतिमा होमिएको

