बाजुरामा आसपास ४.१ म्याग्निच्युडको भूकम्प
बाजुरा जिल्लाको बाह्रबिसे आसपास केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार राति ९ बजेर ३७ मिनेटमा स्थानीय म्याग्निच्युड ४.१ को भूकम्प गएको हो ।भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको बताइएको छ ।
