Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 23 min ago

मेसीको बिदाइ खेलमा अर्जेन्टिनाले बेनिनलाई ३-० ले हरायो

ब्युनोस आयर्सस्थित एस्ताडियो मोनुमेन्टलमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले बेनिनलाई ३-० ले पराजित गरेको छ। यो खेल अर्जेन्टिना फुटबल संघले लियोनेल मेसीको सम्मानमा आयोजना गरेको बिदाइ खेल थियो। मेसीले एक गोल गरे भने निकोलस ओटामेन्डी र निको पाजले एक-एक गोल गरे। खेलको ४८औँ मिनेटमा मेसीको कर्नरबाट ओटामेन्डीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

TopicsFootball
6 publishers · 8 headlines · 8 in 24h · developing over 2 hours
Broke firstLokaantar logoLokaantar

मेसीको बिदाइ खेलमा अर्जेन्टिनालाई अग्रता

दुई दशकभन्दा लामो समय विश्व फुटबलमा राज गरेका लियोनल मेसीको बिदाइ खेलमा अर्जेन्टिनाले बेनिनविरुद्ध खेलमा १–० को अग्रता लिएको छ । अर्जेन्टिनाका निकोलस ओटामेन्डीले खेलको ४८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्।मेसीले उत्कृष्ट कर्नर प्रहार गरेका थिए । त्यही कर्नरलाई ओटामेन्डीले नजिकैबाट भली प्रहार गर्दै जाली चुमाएका हुन्। मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेको एक महिनाभन्दा बढी भइसकेको छ । अर्जेन्टिना फुटबल संघले मेसीको सम्मानमा बिदाइ खेल आयोजना गरेको हो ।

story8 publishers
Coverage

7 more headlines since

  1. अर्जेन्टिनाका लागि मेसीको अन्तिम खेल: गोल गर्दै जादुमयी यात्राको समापन

    काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले राष्ट्रिय टोलीका लागि आफ्नो अन्तिम खेलमा शानदार गोल गर्दै अविस्मरणीय समापन गरेका छन्। बेनिनविरुद्धको रोमाञ्चक भिडन्तमा मेसीले टोलीको जित सुनिश्चित गर्ने क्रममा सुन्दर गोल गरे। उत्सवमय वातावरणका बिच खेलको ७१औँ

    Ratopati logoRatopatiPrivatestory8 publishers
  2. अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको सन्यास, अन्तिम खेलमा एक गोल र दुई असिस्टपछि भावुक विदाइ

    अन्तिम अन्तर्राष्ट्रिय खेलमा मेसीले एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनमाथि ३–० को सहज जित दिलाएपछि उनको भावुक विदाइ गरिएको छ ।

    OnlineKhabar logoOnlineKhabarPrivate8 publishers
  3. मेस्सीको भावनात्मक विदाइ, फेयरवेल गेममा एक गोल र दुई असिस्ट

    मेस्सीको यो बिदाईसँगै अर्जेन्टिना फुटबलको एउटा युग समाप्त भएको छ । तर उनको योगदान सधैँ अमर रहनेछ ।

  4. बिदाइ खेलमा पनि चम्किए मेस्सी: १ गोल र २ असिस्टसहित अन्तर्राष्ट्रिय करियरको सुखद अन्त्य

    काठमाडाैं । ब्युनोस आयर्सस्थित 'एस्ताडियो मोनुमेन्टल' मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले बेनिनलाई ३-० ले पराजित गरेको छ। यो खेल अर्जेन्टिनाका लागि लियोनेल मेस्सीको अन्तिम अन्तर्राष्ट्रिय खेल थियो। खेलकाे १०औँ मिनेटमा मेस्सीका लागि विशेष

    Global Aawaj logoGlobal AawajPrivatearchives8 publishers
  5. बिदाइ खेलमा मेसीको गोल, अर्जेन्टिनाको जित

    २१ असोज, काठमाडौं । लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि आफ्नो बिदाइ खेलमा गोल गरेका छन् र अर्जेन्टिना विजयी भएको छ । बुधबार बिहान अर्जेन्टिनाको घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले बेनिनलाई ३-० ले हराउँदा कप्तान मेसीले एक गोल गरे । निकोलस ओटामेन्डी र निको पाजले १-१ गोल गरे । खेलको ४८औं मिनेटमा निकोलस ‌ओटामेन्डीले […]

  6. बिदाइ खेलमा मेसीको गोल

    दुई दशकभन्दा लामो समय विश्व फुटबलमा राज गरेका लियोनल मेसीले आफ्नै बिदाइ खेलमा पनि गोल गरेका छन् । बेनिनविरुद्धको खेलमा उनले पेनाल्टीमार्फत् गोल गरेका हुन् । मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेको एक महिनाभन्दा बढी भइसकेको छ ।अर्जेन्टिना फुटबल संघले मेसीको सम्मानमा बिदाइ खेल आयोजना गरेको हो ।

    Lokaantar logoLokaantarPrivatestory8 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.