Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4h agolast: 1h ago

सुरक्षाकर्मी दुरुपयोगबारे उजुरी गर्न गृह मन्त्रालयको आग्रह

गृह मन्त्रालयले कार्यविधिविपरीत सुरक्षाकर्मी खटाइएको वा घरायसी तथा व्यक्तिगत काममा प्रयोग गरिएको पाइएमा जानकारी तथा उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन निर्देशन दिएका छन्। सुरक्षा प्रयोजनबाहेक अन्य काममा सुरक्षाकर्मी प्रयोग गरेको पाइएमा कारबाही हुने मन्त्रालयले जनाएको छ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 2 hours
Broke firstRatopati logoRatopati

कार्यविधि विपरीत खटिएका सुरक्षाकर्मीबारे उजुरी गर्न गृह मन्त्रालयको आग्रह

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरीत व्यक्तिगत सुरक्षाकर्मी खटाइएको वा घरायसी तथा व्यक्तिगत काममा प्रयोग गरिएको पाइएमा जानकारी तथा उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै

story4 publishers
Coverage

3 more headlines since

first · 4h agolatest · 1h ago
  1. कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

    काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट (भीआईपी) को सुरक्षामा खटिएका सुरक्षाकर्मी सात दिनभित्र फिर्ता गर्न निर्देशन दिएको छ। कार्यविधिमा उल्लेखित प्रावधान विपरीत सुरक्षाको कार्यबाहेक अन्य घरायसी वा व्यक्तिगत कार्यहरूमा सुरक्षाकर्मीलाई प्रयोग गरिएको गुनासो प्राप्त भएको भन्दै फिर्ता गर्न बिहीबार निर्देशन दिएको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई कार्यविधिमा व्यवस्था भए विपरीत […]

  2. मापदण्डविपरीत खटाइएका पीएसओ दरबन्दीमा फर्काउन गृहको निर्देशन

    काठमाडौँ । सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षाका नाममा कार्यविधि विपरीत खटाइएका व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) लाई फिर्ता बोलाएको छ । गृह मन्त्रालयले आज सूचनामार्फत् उनीहरूलाई तत्काल फिर्ता बोलाउन निर्देशन दिएको हो । साथै, सुरक्षाकर्मीलाई सुरक्षा जिम्मेवारी बाहेक व्यक्तिगत तथा घरायसी काममा लगाइएको पाइएमा उजुरी गर्न सर्वसाधारण तथा खटिएका सुरक्षाकर्मीसँग आग्रह पनि गरिएको छ । ‘अति विशिष्ट तथा […]

  3. घरायसी काममा सुरक्षाकर्मी प्रयोग गरे कारबाही, उजुरी दिन गृहको आग्रह

    विराटनगर : सुरक्षा प्रयोजनबाहेक घरायसी तथा व्यक्तिगत काममा सुरक्षाकर्मी प्रयोग गरेको पाइएमा कारबाही हुने भएको छ। गृह मन्त्रालयले कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन निर्देशन दिँदै त्यस्तो गतिविधिबारे उजुरी गर्न सर्वसाधारणलाई आग्रह

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.