
कांग्रेसको नयाँ कार्यसमिति चुन्नका लागि भएको मतदान सम्पन्न, ७०४९ मत खस्यो
काठमाडौँ । नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटवालका अनुसार मतदान भर्खर सम्पन्न भएको हो। कटवालले मतपत्र राखिएका बाकस सिलबन्दी गर्ने काम भइरहेको जानकारी दिए