सामसङ ग्यालेक्सी एस२६ एफई सार्वजनिक, २४ महिनाको ईएमआई र ६ महिना गुगल एआई प्रो निःशुल्क
सामसङ नेपालले ग्यालेक्सी एस२६ सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एस२६ एफई सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ स्मार्टफोन ग्यालेक्सी एस सिरिजका प्रिमियम सुविधा थप ग्राहकसम्म पुर्याउने उद्देश्यले ल्याइएको हो। नयाँ वन यूआई ९, सुधारिएको क्यामेरा प्रणाली र थप उन्नत ग्यालेक्सी एआई सुविधासहित सार्वजनिक गरिएको फोनले फोटो खिच्ने, भिडियो बनाउने, तस्वीर सम्पादन गर्ने तथा दैनिक डिजिटल कामलाई सहज बनाउने कम्पनीको दाबी छ।ग्यालेक्सी एस२६ एफई ग्यालेक्सी एस२६ सिरिजमा वन यूआई ९ सहित बजारमा आउने
