बजेट परिमार्जन विवादमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा पेस भइसकेको बजेट तथा अर्थ विधेयकमा परिमार्जन गर्न पाउने कि नपाउने भन्ने विवादमा सर्वोच्च अदालतले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।न्यायाधीशद्वय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार विषयको गम्भीरता र संवैधानिक प्रावधानहरूलाई हेर्दा अन्तरिम आदेश जारी गरिरहनु नपर्ने ठहर गरेको हो ।सुदूरपश्चिम प्रदेशमा अघिल्लो सरकारले २०८३ असार १ गते प्रदेशसभामा बजेट पेस गरेको थियो । तर बजेट पारित नहुँदै असार २९ गते सरकार परिवर्