
मकवानपुरको पालुङ–हेटौँडा सडकखण्डमा ३६ घण्टादेखि हजारौँ यात्रु अलपत्र
विराटनगर । काठमाडौँबाट छुटेका १०० भन्दा बढी यात्रुवाहक बस ३६ घण्टादेखि मकवानपुरको पालुङ–हेटौँडा सडकखण्डमा अवरुद्ध हुँदा हजारौँ यात्रु अलपत्र परेका छन्। सिन्धुली सडकखण्डमा एलपीजी ग्यासको बुलेट शुक्रबार पल्टिनुका साथै सडक धस्सिएका कारण बाटो अवरुद्ध भएको हो।
