राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व हुन्छ : बिजुक्छे
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व हुने बताएका छन् । राजनीतिमा सक्रिय व्यक्तिले समाजका समस्या बुझ्न, वास्तविकता पहिचान गर्न र समाधान खोज्न आफैँ अध्ययन तथा अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।भक्तपुरमा शनिबार सम्पन्न दुईदिने ४६औँ नेपालभाषा साहित्य तःमुंज्याको समापन समारोहमा उनले राजनीतिक क्षेत्रमा सफल हुन अरूको अनुभवबाट सिक्नुका साथै आफ्नै प्रयास र मेहनतबाट ज्ञान हासिल गर्नुपर्ने बताए ।‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता
