Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 12h agolast: just now

मोरङको रतुवामाईमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो आठ राउन्ड गोली, दुई घाइते

मोरङको रतुवामाई नगरपालिका–६ शनिश्चरेमा बिहीबार राति करिब ९ः३० बजे लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले आठ राउन्ड गोली चलाएको छ। गोली लागेर भारतको अररियाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक घाइते भएका छन्। उनीहरूको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पेस्तोल, एक राउन्ड गोली र करिब ५०० ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरिएको छ।

+2
9 publishers · 9 headlines · 9 in 24h · developing over 11 hours
How this story evolved· 2 updates
  1. 3 sources2h ago

    मोरङको रतुवामाई नगरपालिका–६ स्थित शनिश्चरे बजारमा बिहीबार राति करिब ९ः३० बजे लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागेर दुई जना भारतीय नागरिक घाइते भएका छन्। लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले गरेको सो कारबाहीमा दुई भारतीय र एक नेपाली नागरिक गरी तीन जना कारोबारी पक्राउ परेका छन्। कारोबारीबाट पेस्तोल बरामद भएको छ।

  2. 7 sources51 min agocurrent

    मोरङको रतुवामाई नगरपालिका–६ शनिश्चरेमा बिहीबार राति करिब ९ः३० बजे लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले आठ राउन्ड गोली चलाएको छ। गोली लागेर भारतको अररियाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक घाइते भएका छन्। उनीहरूको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पेस्तोल, एक राउन्ड गोली र करिब ५०० ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरिएको छ।

Broke firstRatopati logoRatopati

मोरङमा गोली चल्यो, लागुऔषध कारोबारीबाट पेस्तोल बरामद

काठमाडौँ । प्रहरीले मोरङको रतुवामाई नगरपालिका–६ स्थित शनिश्चरे बजारमा गोली चलाएको छ । प्रहरीको गोली लागेर दुई जना लागुऔषध कारोबारी घाइते भएका छन्। लागुऔषध नियन्त्रण ब्यूराेबाट खटिएको प्रहरीले चलाएको गोली लागेर दुई जना भारतीय नागरिक घाइते

story9 publishers
Coverage

8 more headlines since

  1. रतुवामाईमा प्रहरीको गो*ली लागेर दुई भारतीय नागरिक घाइते

    मोरङको रतुवामाईमा लागुऔषध नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले गोली चलाउँदा दुई भारतीय नागरिक घाइते भएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs9 publishers
  2. लागु औषध तस्कर नियन्त्रणमा लिन मोरङमा प्रहरीले चलायो गोली, ३ जना पक्राउ, दुई भारतीय घाइते

    Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only9 publishers
  3. मोरङमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली

    काठमाडौँ- मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले आठ राउन्ड गोली चलाएको छ। प्रहरीको गोली लागेर दुई भारतीय नागरिक घाइते भएका छन् भने तीन जना पक्राउ परेका छन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार घाइते हुनेमा भारतको अररिया, कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक रहेका छन्। दुवै जनाको […]

  4. लागुऔषध कारोबारीविरुद्ध मोरङ प्रहरीले ८ राउण्ड गोली चलायो, २ घाइते, ३ पक्राउ

    १३ असोज, विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड गोली चलाएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्र नजिकै प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन् । पेस्तोल र करिब आधा किलो ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । मोरङ प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार प्रहरीको […]

  5. मोरङको रतुवामाईमा लागूऔषध कारोबारी र प्रहरी बिच झडप, एक जना प्रहरी घाइते

    विराटनगर । मोरङको रतुवामाईमा नगरपालिका लागू औषध कारोबारी बिच झडप भएको छ । नेपाल भारत सीमा क्षेत्रमा हतियारसहित लागूऔषध गिरोह सक्रिय भएपछि प्रहरीसँग झडप भएको हो । सो गिरोहलाई लाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । झडपपछि दुई भारतीयसहित तीन जना कारोबारी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली नागरिक छन् […]

  6. मोरङमा राति साढे ९ बजे प्रहरीको गोली चल्यो, दुई भारतीय घाइतेसहित तीन जना पक्राउ

    विराटनगर : मोरङको रतुवामाईमा बिहीबार राति लागुऔषध कारोबारको सूचनाका आधारमा निगरानी गरिरहेको प्रहरी टोलीले दुईवटा मोटरसाइकल रोक्न खोज्दा सुरु भएको घटनाक्रम गोली चल्नेसम्म पुगेको छ । रतुवामाई नगरपालिका–६ शनिश्चरेमा राति करिब ९ः३० बजे प्रहरीले चलाएको गोली

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives9 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.