
गोली प्रहारबाट एक युवक घाइते
रौतहट । अज्ञात व्यक्तिको समूहको गोली प्रहारबाट मङ्गलबार राति एक युवक घाइते भएका छन्। रौतहटको गौर नगरपालिका–४ गडवा टोलस्थित पानी ट्याङ्की नजिक अज्ञात व्यक्तिले गोली प्रहार गर्दा २८ वर्षीय राकेश यादव घाइते भएका हुन्। गोली लागेर घाइते भएका यादवलाई प्रादेशिक अस्पताल गौरम उपचार पश्चात् थप उपचारका लागि वीरगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। […]



