Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 3d agolast: 1d ago

हर्क साम्पाङले गृहमन्त्री गुरुङलाई राजीनामा दिन आग्रह गरे

Hark Sampang Calls on Home Minister Gurung to Resign

4publishers
7headlines
Span: 1d 22hNE onlyUpdated 1d ago
What multiple outlets are saying

नेपाली

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन आग्रह गरेका छन्। मंगलबार सिंहदरबारमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले विवादमा परेको व्यक्ति पदमा बसिरहनु उचित नहुने बताए। साथै उनले आफूले स्वकीय सचिव नलिने घोषणा गर्दै अन्य सांसदहरूलाई पनि त्यसै गर्न सुझाव दिए।

English

Shram Sanskriti Party chairman Harkraj Rai (Sampang) has called on Home Minister Sudhan Gurung to resign, saying it is inappropriate for a controversial figure to remain in office. Speaking to journalists at Singha Durbar on Tuesday, Rai noted that new controversies surrounding Gurung emerge two to three times a week. Rai also stated he would not appoint a personal secretary and urged other lawmakers to follow suit.

Broke on K cha khabarGorkhapatra Online logoGorkhapatra Online

‘सङ्घीयतासम्बन्धी सबै कुरा प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्थाको अन्त्य होस्’

काठमाडौँ, वैशाख ६ गते ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सङ्घीयतासम्बन्धी सबै विषय प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको छ । आइतबार पार्टीद्व...

news7 publishers
Coverage

6 more headlines since

  1. Yesterday
    1. हर्कले भने : गृहमन्त्री धेरै विवादमा परे, राजीनामा दिनु नै उचित हुन्छ

      काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्रीले मार्गप्रशस्त गर्न उचित हुने बताएका छन् । मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष साम्पाङले गृहमन्त्री सुधन गुरूङबारे पटक पटक विवाद भइरहेको अवस्थामा मार्गप्रशस्त (राजीनामा) गर्न उचित हुने बताए । उनले सुशासन कायममा सरकारले काम गर्ने कोसिस गरिरहेकाले प्रतिक्रिया दिन हतार नगर्नेसमेत बताएका छन् । अध्यक्ष साम्पाङले सरकारले […]

    2. गृहमन्त्रीलाई तत्काल राजीनामा दिन हर्क साम्पाङको अनुरोध

      काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। सरकारलाई सुझाव दिन पार्टीले गरेको पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले विवादित भएर पदमा बसिरहन उचित नहुने बताएका हुन्। ‘उहाँको जैले नयाँ–नयाँ सुनिरहिन्छ। त्यस्तो नसुनिए हुन्थ्यो। हप्तामा दुईतीन पटक सुनिरहन्छ कहिले के, केहिले के’, ’ गुरुङको नाम नलिई […]

    3. गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ : हर्कराज

      काठमाडौँ, वैशाख ८ गते । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्नुभएको छ।विवादमा मुछिएका गृहमन्त्री गुरुङबारे मङ्गलबार सञ्चारकर्मीले रा...

    4. मैले स्वकीय राख्दिनँ : हर्क साम्पाङ

      ८ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आफूले स्वकीय सचिव नलिने बताएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अन्य सांसदहरूलाई पनि स्वकीय नराख्न सुझाव दिएको जानकारी गराए । ‘म चाहिँ लिन्नँ । मैले घोषणा गरेँ, म चाहिँ लिन्नँ । मैले नलिनू भनेर भनेको छु,’ राईले भने । उनले […]

    5. गृहमन्त्रीले राजीनामा दिँदा राम्रो हुन्छ : हर्क साम्पाङ

      ८ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन सुझाव दिएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले हप्तामा दुई, तीन पटकसम्म नयाँ नयाँ कुरा आइरहेकाले राजीनामा दिए राम्रो हुने सुझाव दिए । ‘उहाँको जहिल्यै नयाँ नयाँ सुनिरहन्छ । त्यस्तो नहुँदा राम्रो हुन्थ्यो । हप्तामा दुई […]

  2. Older
    1. सबै कुरा प्रधानमन्त्रीलाई सोध्नुपर्छ भन्ने स्थिति नहोस् : हर्क साम्पाङ

      ६ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संघीयतासम्बन्धी सबै विषय प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । आइतबार पार्टीद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संघीयताको मर्मअनुसार काम नभएको भन्दै त्यस्तो स्थितिको अन्त्य हुनुपर्ने बताएका हुन् । मुलुकमा विकास, निर्माणको काम गर्नका लागि कानुनमा तत्काल ठूलो परिवर्तन ल्याउन पनि सरकारलाई उनले […]

Hark Sampang Calls on Home Minister Gurung to Resign · K cha khabar