Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1 Maylast: 4 May

प्रथम पोखरा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

पोखरा रङ्गशालामा सम्पन्न प्रथम पोखरा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। आर.एस. पोखरा फुटबल क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १० खेलाडीमा सीमित त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै पुलिसले उपाधि हात पारेको हो। वैशाख १८ गतेदेखि सुरु भएको यस प्रतियोगितामा आयोजक टोली, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लब गरी चार टोलीको सहभागिता रहेको थियो।

+2
9 publishers · 22 headlines · developing over 2d 18h
Broke firstNews of Nepal logoNews of Nepal

पोखरामा पहिलोपटक महिला गोल्डकप

पोखरा । पोखरामा हुन लागेको महिला गोल्डकप फुटबल प्रतियोगितामा कुल चार क्लबले सहभागिता जनाउने भएका छन् । आर एस फुटबल क्लबको आयोजनामा शुक्रबारबाट हुने प्रतियोगितामा आयोजक आरएससहित, नेपाल पुलिस क्लब, संकटा क्लब र त्रिभुवन आर्मी क्लबको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र पुलिस भिड्नेछन् । बैशाख २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद […]

Coverage

21 more headlines since

  1. आर्मीलाई हराउँदै पुलिस बन्यो पोखरा महिला गोल्डकपको च्याम्पियन

    काठमाडौँ- त्रिभुवन आर्मी फुटबल क्लबलाई सडन डेथमा ४–५ ले पराजित गर्दै नेपाल पुलिस क्लब पहिलो पोखरा महिला गोल्डकपको च्याम्पियन बनेको छ। आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा १० खेलाडीमा समेटिएको आर्मीले निर्धारित समयसम्म पुलिसलाई गोलरहित बराबरीमा रोकेको थियो। सेन्टरब्याक विमला विकले खेलको २८औं मिनेटमा रातो कार्ड खाएकी थिइन्। तर, पेनाल्टी सुटआउटमा भने टोली अभागी रह्यो। सडन […]

  2. पुलिस महिला गोल्ड कप च्याम्पियन

    लेखनाथ समाचारदातालेखनाथ, वैशाख २० गते । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा भएको प्रथम पोखरा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनल खेलमा १० खेलाडीमा सीमित...

  3. प्रथम महिला गोल्डकपको उपाधि पुलिसलाई

    पोखरा। नेपाल पुलिस क्लबले पहिलोपटक आयोजित पोखरा महिला गोल्डकपको उपाधि चुमेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा भएको फाइनल खेलमा १० खेलाडीमा सीमित त्रिभुवन आर्मी क्लबलाई पेनाल्टीमा ५–४ ले हराउँदै पुलिस च्याम्पियन बनेको हो । योसँगै पुलिसले ५ लाख र आर्मीले ३ लाख रुपैयाँ प्राप्त गरे । निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो । […]

  4. पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा

    कास्की – देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएकोे छ । यो प्रतियोगिता पोखरामा आयोजना भएको महिलाको पहिलो प्रतियोगिता हो । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजकमाथि ८–० को सानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । पुलिसको जितमा राष्ट्रिय महिला […]

  5. आयोजकलाई ८ गोल अन्तरले हराउँदै पोखरा महिला गोल्डकपमा पुलिसको सुखद सुरुवात

    प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले बिजयी सुरुवात गरेको छ ।

    Nagarik News logoNagarik NewsPrivatesports22 publishers
  6. पोखरामा महिला गोल्डकप सुरु, पुलिस क्लबको विजयी सुरुवात

    काठमाडौं– आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा शुक्रबारदेखि महिला गोल्डकप सुरु भएको छ । शुक्रबार पोखरा रंगशालामा भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । आयोजक आरएस पोखरा फुटबल क्लबलाई ८—० गोल अन्तरले पराजित गर्दै पुलिस क्लबले विजयी सुरुवात गरेको हो । शनिबार हुने खेलमा आर्मी र संकटा क्लब काठमाडाबीच प्रतिस्पर्धा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.