वैशाख २४ गते सुकुम्वासीहरूले बुटवलमा विरोध प्रदर्शन गर्ने
बुटवल- सरकारले देशैभर सुकुम्वासी, भूमिहीन र अव्यवस्थित बसोबासीहरूलाई हटाउने तयारी गरेपछि बुटवलमा आन्दोलनको घोषणा गरिएको छ। नेपाल भूमिहीन सुकुम्वासी अव्यवस्थित संघर्ष समितिले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेको हो। घोषित कार्यक्रम अनुसार पहिलो चरणमा वैशाख २४ गते बुटवलमा बृहत् विरोध प्रदर्शन गर्ने संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले बताए। उनका अनुसार रुपन्देही जिल्लाभरका अव्यवस्थित […]





