Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 14 Maylast: 20 May

निर्माण सामग्री र इन्धनको मूल्यवृद्धिविरुद्ध देशभरका निर्माण व्यवसायी आन्दोलित

निर्माण सामग्री र इन्धनमा भएको अत्यधिक मूल्यवृद्धिको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघले देशभरका सरकारी निकायहरूमा धर्ना र घेराउ कार्यक्रम सुरु गरेको छ। महासंघका अध्यक्ष निकोलस पाण्डेको नेतृत्वमा व्यवसायीहरूले सडक विभाग र विभिन्न मन्त्रालयका सचिवहरूलाई ध्यानाकर्षण पत्र बुझाउँदै मूल्य समायोजन र म्याद थपको माग गरेका छन्। मूल्यवृद्धिका कारण आयोजनाहरू ठप्प भएको भन्दै मोरङ, सल्यान, रामेछाप र कोशी प्रदेश लगायतका स्थानमा निर्माण व्यवसायीहरूले विरोध प्रदर्शन गरेका हुन्।

+3
10 publishers · 20 headlines · developing over 6 days
Broke firstRatopati logoRatopati

निर्माण व्यवसायीद्वारा सडक विभागमा धर्ना, तस्बिरहरू

काठमाडौँ । इन्धन लगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिको विरोधमा नेपाल निर्माण व्यवसायी महासङ्घले सडक विभागमा धर्ना दिएको छ। अत्यधिक मूल्यवृद्धिका कारण देशभरका सम्पूर्ण आयोजनाहरू स्वतः बन्द हुने अवस्थामा पुग्दा समेत नेपाल सरकारले यस विषयलाई सम्बोधन नगरेको

story20 publishers
Coverage

19 more headlines since

  1. निर्माण क्षेत्रमा संकट: व्यवसायीद्वारा मन्त्रिपरिषदबाटै 'बाधा अड्काउ फुकाउ' गर्न माग

    काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीमा भएको अत्याधिक मूल्यवृद्धिका कारण देशभरका निर्माण कार्यहरू ठप्प हुने स्थितिमा पुगेको भन्दै तत्काल समस्या समाधानका लागि सरकारसँग माग गरेको छ। पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलसँगको छलफलमा

    Ratopati logoRatopatiPrivatestory20 publishers
  2. मूल्यवृद्धिको मारमा निर्माण क्षेत्र : आयोजना ठप्प हुँदा के गर्दै छ सरकार ?

    काठमाडौँ । नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने निर्माण क्षेत्र यतिबेला इतिहासकै गम्भीर र अभूतपूर्व संकटबाट गुज्रिरहेको छ । निर्माण सामग्रीमा भएको अचाक्ली मूल्यवृद्धि, इन्धनको बढ्दो महँगी र सरकारले ‘दमनकारी’ व्यवहार गरेको भन्दै देशभरका निर्माण व्यवसायी आन्दोलनमा

    Ratopati logoRatopatiPrivatestory20 publishers
  3. मूल्य समायोजन मागसहित निर्माण व्यवसायीले दिए विकासे विभागमा धर्ना

    ४ जेठ, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफ्नो पूर्व निर्धारित आन्दोलनको कार्यक्रम अनुसार सोमबार खानेपानी तथा ढल व्यवस्थापन विभाग र शहरी विकास तथा भवन निर्माण विभागमा ज्ञापनपत्र बुझाउँदै धर्ना दिएको छ । महासंघ अन्तर्गतको एसोसिएट सदस्य समन्वय समितिको तर्फबाट दुई विभागका महानिर्देशकहरूलाई ज्ञापन पत्र बुझाइ आधा घण्टा धर्ना दिइएको हो । एसोसिएट सदस्य समन्वय […]

  4. निर्माण व्यवसायी आन्दोलनमा, देशभरका प्रशासन कार्यालयमा धर्ना

    काठमाडौं- अत्यधिक मूल्यवृद्धिका कारण निर्माण कार्य सञ्चालन गर्न नसकिएको भन्दै देशभरका निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना माग सम्बोधन गराउन आजदेखि सरकारी निकायहरूमा धर्ना र घेराउ कार्यक्रम सुरु गरेको हो

    Ajako Artha logoAjako ArthaPrivatestory20 publishers
  5. निर्माण व्यवसायी आन्दोलनमा, देशभर धर्ना

    काठमाडौँ– नेपाल निर्माण व्यवसायी महासंघले देशभर निर्माण सामाग्रीको मूल्य समायोजन गर्न माग गर्दै आजदेखि धर्ना कार्यक्रम सुरु गरेको छ । धर्ना अघि महासंघका एसोसिएट संयोजक नवराज श्रेष्ठको नेतृत्वको टोलीले सडक विभागका महानिर्देशक विजय जैशीलाई ज्ञापनपत्र बुझाएको थियो । टोलीमा महासंघका महासचिव शिवहरि घिमिरे पनि सहभागी थिए । महासंघका अनुसार मध्यपूर्वमा जारी युद्धका कारण इन्धनसहित निर्माण […]

  6. मूल्यवृद्धिको विरोधमा निर्माण व्यवसायी आन्दोलित

    काठमाडौँ । अत्यधिक मूल्यवृद्धिका कारण निर्माण कार्य अघि बढाउन नसकिएको भन्दै देशभरका निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले आफ्ना मागहरू पूरा गराउन आजदेखि सरकारी निकायहरूमा धर्ना र घेराउ गर्ने कार्यक्रम सार्वजनिक

    Ratopati logoRatopatiPrivatestory20 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.