
भैरहवा मालपोतका नायव सुब्बाविरुद्ध दुई लाख घुस लिएको आरोपमा मुद्दा
रूपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवामा कार्यरत नायव सुब्बा ओमबहादुर खाम्चाविरुद्ध घुस/रिसवत लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले जारी गरेको प्रेस विज्ञप्तिअनुसार खाम्चाले जग्गाको नयाँ स्रेस्ता कायम तथा नामसारी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो। अख्तियारको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट […]





