Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Maylast: 21 May

सभामुखलाई दोहोरो मापदण्ड नअपनाउन कांग्रेस सांसद निश्कल राईको आग्रह

नेपाली कांग्रेसका सांसद निश्कल राईले बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सभामुख डोलप्रसाद अर्याललाई संसदीय विरोधका सम्बन्धमा दोहोरो मापदण्ड नअपनाउन आग्रह गरेका छन्। राईले हालको सत्तारुढ दल प्रतिपक्षमा हुँदा निलो स्कार्फ लगाएर वेल घेरेको र पुस्तक पढेर विरोध गरेको स्मरण गराए। श्रम संस्कृति पार्टीका सांसदहरूले प्लेकार्ड प्रदर्शन गरेको विषयलाई सभामुखले अमर्यादित भनेपछि राईले विगतका घटनाको चर्चा गर्दै यस्तो टिप्पणी गरेका हुन्।

Summary by Jayaman

3publishers
3headlines
Span: 28 minNE onlyUpdated 21 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

हिजो बेलमा पलेटी कसेर पुस्तक पढ्ने र निलो रिबन बाँध्नेहरूले आज प्लेकार्डलाई अमर्यादित भन्न सुहाउँदैन : निश्कल राई

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले सभामुख डोलप्रसाद अर्याललाई हिजो प्रतिपक्षमा हुँदा गरेका आन्दोलनको स्मरण गराउँदै अहिलेको विरोधलाई अमर्यादित भनेर ‘दोहोरो मापदण्ड’ नबनाउन आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले हिजोको

story3 publishers
Coverage

2 more headlines since

first · 21 Maylatest · 21 May
    1. संसद्‌मा ‘दोहोरो मापदण्ड’ नबनाउन कांग्रेसको सभामुखलाई आग्रह, स्कार्फ बाँधेर बेल घेरेको सम्झन अनुरोध

      काठमाडौँ- नेपाली कांग्रेसका सांसद निश्कल राईले सभामुख डोलप्रसाद अर्याललाई हिजो प्रतिपक्षमा हुँदा गरेका आन्दोलनको स्मरण गराउँदै अहिलेको विरोधलाई अमर्यादित भनेर ‘दोहोरो मापदण्ड’ नबनाउन आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले हिजोको ‘निलो स्कार्फ’ र आजको प्लेकार्ड आन्दोलनलाई एकै प्रकारले लिनुपर्ने बताए । सदनमा अर्को प्रतिपक्षी दल श्रम संस्कृति पार्टीले देखाइरहेको प्लेकार्डलाई सभामुख […]

    2. कांग्रेसका निश्कल राईले सभामुखलाई पढाए पाठ– हिजो घाँटीमा 'स्कार्फ' बेरेर वेल घेरेको होइन ?

      नेपाली कांग्रेसका सचेतक निश्कल राईले सभामुखलाई विगतका गतिविधि सम्झाएर मर्यादाको पाठ पढाएका छन् ।प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै राईले अघिल्लो संसदमा आजको सत्तारुढ दलले गरेको गतिविधि सम्झाँदै अहिले भइरहेको विरोधलाई मात्रै अमर्यादित भनिनु उचित नभएको बताएका हुन् ।श्रम संस्कृति पार्टीका सांसदहरूले संसदमा प्लेकार्ड प्रदर्शन गरेको सन्दर्भमा उनले भने– 'आजको सत्तारुढ दल हिजो विपक्षमा थियो । सरकारको जवाफदेहिता खोज्दै निलो स्कार्फ बेरेर वेल घेरेको थियो, वेलमा पलेँटी कसेर बस्ने र पुस्तक पढ

      Lokaantar logoLokaantarPrivatestory3 publishers
Congress MP Nishkal Rai Urges Speaker to Avoid Double Standards · K cha khabar