अवरोधबीच सभामुखले चलाए संसद बैठक, प्रधानमन्त्रीको उपस्थिति माग गर्दै वेल घेराउ (लाइभ)
प्रतिपक्षी दलहरूको विरोधबीच सभामुख डिपी अर्यालले प्रतिनिधिसभा बैठक सञ्चालन गरेका छन्।
प्रमुख प्रतिपक्षी नेकपा एमाले र नेपाली कांग्रेस लगायतका विपक्षी दलहरूको नाराबाजी र अवरोधका बीच सभामुख डोलप्रसाद अर्यालले बिहीबारको प्रतिनिधि सभा बैठक अगाडि बढाएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र राजीनामा माग गर्दै विपक्षी सांसदहरूले वेल घेराउ गरे पनि सभामुखले सदनको कारबाही जारी राखेका थिए। सोही क्रममा वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित गरिनुका साथै प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको थियो।
Summary by Jayaman
प्रतिपक्षी दलहरूको विरोधबीच सभामुख डिपी अर्यालले प्रतिनिधिसभा बैठक सञ्चालन गरेका छन्।
10 more headlines since

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहको ‘ब्याकप’ लिएर विपक्षी दलको स्वाभाविक मागलाई पेल्दै संसद चलाएको आरोप लागेको छ । प्रतिनिधिसभा नियमावलीमा भएको प्रधानमन्त्रीसंगको प्रश्नोत्तर कार्यक्रम संचालनको माग राख्दै नारावाजी गरेपछि संसद स्थगन गरेर प्रधानमन्त्री शाहलाई भेटेका सभामुख अर्यालले विपक्षीको माग वेवास्ता गर्दै संसद अघि बढाएका हुन् । प्रतिनिधिसभा नियमावली कार्यान्वयन गर्न […] The post प्रधानमन्त्रीको ‘ब्याकप’मा विपक्षी पेल्दै सभामुख appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
_8q85vue3AN.jpg)
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा बिहीबार तनावको दृश्य देखियो । विपक्षीले प्रधानमन्त्रीको जवाफ माग गर्दै बैठक अवरुद्ध गरेपनि बालेन शाह सदनमा आउन तयार भएनन् । त्यसपछि विपक्षीको अवरोधका बिच सदन अघि बढाइयो । सो क्रममा विपक्षी दलका
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका थिए । अवरोधकैबीच सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालन गरे ।
प्रतिपक्षी दलहरूका सांसदले वेल घेराउ गरे पनि सभामुख डिपी अर्यालले प्रतिनिधि सभा बैठक सञ्चालन गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू पनि उठेर विरोध गरे।
प्रतिपक्षी दलहरूको विरोधबीच सभामुख डिपी अर्यालले प्रतिनिधिसभा बैठक सञ्चालन गरेका छन्।

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर आएपछि सभामुख डीपी अर्यालले विपक्षीलाई पेलेरै संसद बैठक अघि बढाएका छन् । विपक्षी दल नेकपा एमाले र नेकपाका सांसदहरूले संसदमा प्रधानमन्त्री शाहको उपस्थिति अनिवार्य गराउन माग गर्दै आएका थिए । श्रम संस्कृति पार्टीका सांसदहरूले त विगत केही दिनदेखि पम्प्लेट टाँसेरै विरोध जनाउँदै आएका छन् । बैठकको सुरुदेखि नै प्रधानमन्त्रीको […] The post सभामुखले विपक्षीलाई पेलेरै संसद बैठक अघि बढाए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाको विरोध र नारावाजीकाबीच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठक चलाएका छन् ।संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्नुपर्ने मागसहित विपक्षी दलले विरोध गरेपछि बिहीबार प्रतिनिधिसभाको पहिलो बैठक स्थगित भएको थियो ।दोस्रो बैठकमा विपक्षी दलको नारावाजीकाबीच सभामुखले कानून मन्त्रीलाई प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिए ।विपक्षीको नारावाजीबीच सभामुखले छलफलका लागि सांसदको नाम मा

काठमाडौँ । विपक्षी राजनीतिक दलका सांसदहरूले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् । उनीहरुले प्रधानमन्त्रीको उपस्थिति खोज्दै विरोध गरे पनि सभामुखले डीपी अर्यालले पेलेर संसद् चलाएपछि विपक्षी दल एमाले, नेकपा लगायतका सांसदले संसदमै नाराबाजी गरेका हुन्

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गर्दै विपक्षी दलका सांसदहरूले प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरेका छन् । विपक्षी दलको विरोधबीच सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालन अघि बढाएपछि संसद्मा तनावपूर्ण अवस्था सिर्जना भएको हो ।

काठमाडौं । प्रतिनिधिसभामा विपक्षी दलले बेल घेराउसहित नाराबाजी जारी राखेका छन् । प्रधानमन्त्री उपस्थित गराउन माग राख्दै विपक्षी दलले निरन्तर नाराबाजी गरिरहेका छन् । सभामुख डीपी अर्यालले भने सदनको कारबाहीलाई निरन्तरता दिए ।