Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Maylast: 25 May

नेकपा एमालेको सचिवालय बैठक सम्पन्न, नेतृत्व र कार्यशैलीबारे आन्तरिक बहस

भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा चार दिनसम्म चलेको नेकपा एमालेको सचिवालय बैठक सम्पन्न भएको छ। बैठकमा उपाध्यक्षहरू विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरूले नेतृत्व रूपान्तरणको विषय उठाएको चर्चा चले पनि पार्टीले आधिकारिक रूपमा सबै प्रस्तावहरू सर्वसम्मत पारित भएको जनाएको छ। बैठकले पदाधिकारीहरूको वरीयताक्रम टुङ्गो लगाउनुका साथै वर्तमान सरकारको कार्यशैली स्वेच्छाचारी भएको निष्कर्ष निकालेको छ। सचिव महेश बस्नेत लगायतका नेताहरूले अध्यक्ष ओलीको राजीनामाबारे बाहिर आएका खबरहरू भ्रामक भएको बताएका छन्।

Summary by Jayaman

10publishers
42headlines
Span: 2d 14hNE onlyUpdated 25 May
Covered by
+2
Broke on K cha khabarKhabarhub logoKhabarhub

एमालेमा चार उपाध्यक्षको निष्कर्ष : यसरी पार्टी चल्दैन, नेतृत्व परिवर्तन नगरे अर्को चुनावसम्म जनताले पर्खिँदैनन्

काठमाडौं- गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक एमाले सचिवालयको बैठक बसिरहेको छ। शुक्रबारदेखि सुरू बैठकमा पाँचजना उपाध्यक्षले आफ्ना धारणा राखेका छन् । शुक्रबार पहिलो दिन पाँचजना उपाध्यक्षले पार्टीमा आएको संकट र परिवर्तनको उपायबारे कुरा राखेका छन् । एमाले उपमहासचिव लेखराज भट्टका अनुसार पाँचजना उपाध्यक्षले पहिलोपटक लामो समय लिएर आफ्ना अनुभव र विचार राखेका […]

Coverage

41 more headlines since

first · 22 Maylatest · 25 May
    1. घेरिएपछि रिसाएका ओलीले भने : विधिबाट अध्यक्ष बनेको हुँ, प्रतिवेदन र केन्द्रीय कमिटी बैठक पर्खौँ

      काठमाडौँ– फागुन २१ को निर्वाचनपछि पहिलोपटक बसेको एमालेको सचिवालय बैठक आइतबार सकिएको छ । आइतबार करिब १० घण्टा लामो बैठक बसेर अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनपछि बैठक सकिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। आजको बैठकमा मुख्य रूपमा अध्यक्ष केपी शर्मा ओलीले पदबाट बिदा लिनुपर्ने विषयमा थियो। अधिकांश पदाधिकारीले ओलीले स्वेच्छिक बिदा लिनुपर्छ भन्ने कुरा गरेपछि […]

    2. एमाले बैठक–कहाँ–कहाँ रोकिए ओली ? कार्यदलको प्रतिवेदनमा उनको भूमिका निर्भर

      नेकपा एमालेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीमा निहित र उनी निर्णायक रहँदै आएका केही विषयमा हस्तक्षेप गरेको छ । एक पदाधिकारीले बताएअनुसार पार्टी पुनर्गठन, कार्यविभाजन र नेतृत्वशैलीसँग सम्बन्धित विषयमा अध्यक्ष ओलीलाई कमजोर बनाउँदै बैठकले केही निर्णय लिएको हो ।

    3. 'आफ्नै'ले केपी ओलीको विकल्प खोज्दा 'नेतृत्व रक्षा' विषय किन उठ्यो

      एमालेका एक सचिव भन्छन्, “अध्यक्षलाई नै अझ सशक्त ढङ्गले अगाडि बढाउने बैठकको भाव हो, बाहिर केपी ओलीको पक्षमा दुई जना, चार जना थिए भनेर जुन ३-४ दिनको रमिता साथीहरूले मिडियाबाट गर्नुभयो त्यो सकियो।”

      BBC News Nepali logoBBC News NepaliStateGBnepali42 publishers
    4. सरकारको कार्यशैलीप्रति एमालेको आपत्ति, स्वेच्छाचारी भएको आरोप

      काठमाडौं – नेकपा (एमाले)को सचिवालय बैठकले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएको छ। बैठकले सरकार स्वेच्छाचारी ढंगले अघि बढिरहेको निष्कर्ष निकाल्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी उपमहासचिव लेखराज भट्टले पार्टी अध्यक्षबाट संगठनभित्र एकता कायम गर्न निर्देशन आएको जानकारी दिए । उनका अनुसार बैठकले पार्टी पदाधिकारीहरूको वरीयताक्रम यथावत् रहने […]

    5. एमाले सचिव महेश बस्नेत भन्छन् : अध्यक्ष ओलीविरुद्धको प्रचार भ्रामक

      काठमाडौँ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने वा राजीनामा माग्ने विषयमा बाहिर आएका चर्चा भ्रामक रहेको बताएका छन् । अध्यक्ष ओली निवासमा आइतबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले तीन दिनसम्म चलेको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेका सबै प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको दावी गरे । […]

    6. अध्यक्ष ओलीको कार्यशैलीमाथि प्रश्न उठाउने प्रयास ‘असफल’

      काठमाडौँ । नेकपा एमालेको चार दिनसम्म चलेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि उठेको तीव्र असन्तुष्टि र आलोचनालाई ‘पाखा’ लगाउँदै सम्पन्न भएको छ । बैठकमा अधिकांश सचिवालय सदस्यहरूले अध्यक्ष ओलीको कार्यशैली र नेतृत्वको आलोचना गर्दै

      Ratopati logoRatopatiPrivatestory42 publishers
    7. ओलीले नै पार्टीको नेतृत्व गर्नुहुन्छ, उहाँकै प्रस्ताव पारित भए : महेश बस्नेत

      १० जेठ, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतलेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै नेतृत्वमा निरन्तरता दिने कुराको विपक्षमा सचिवालयका अधिकांश सदस्यहरू रहेको कुरामा सत्यता नरहेको दाबी गरेका छन् । आइतबार पार्टी अध्यक्ष ओलीकै निवासमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनका अनुसार, तीन दिनसम्म लगातार बसेका सचिवालय […]

    8. एमाले सचिवालय बैठक : पदाधिकारीको वरीयताक्रम टुंगियो (सूचिसहित)

      काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठकले पदाधिकारीहरूको वरीयताक्रम टुंगो लगाएको छ । उपमहासचिव लेखराज भट्टले अध्यक्षकाे प्रस्तावमा बैठकले पदाधिकारिकाे वरीयताक्रम टुङ्गाे लगाएकाे जानकारी दिए । यस्ताे छ वरीयताक्रम अध्यक्ष केपी शर्मा ओली उपाध्यक्षहरू रामबहादुर थापा विष्णुप्रसाद पौडेल पृथ्वीसुब्बा गुरुङ गोकर्ण विष्ट रघुजी पन्त महासचिव शंकर पोखरेल उपमहासचिवहरू लेखराज भट्ट योगेश भट्टराई रघुवीर महासेठ सचिवहरू […]

    9. आफूविरुद्ध नेताहरू खनिएपछि रिसाए ओली

      काठमाडौं – नेकपा एमालेको चार दिन लामो सचिवालय बैठक आज सकिएको छ। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली करिब ३ देखि ४ घण्टा लामो बोलेका थिए । १८ जना पदाधिकारीको कुरा सुनेपछि चार नेताहरू मात्रै ओलीको पक्षमा देखिएको र बाँकी अधिकांशले नेतृत्व परिवर्तनको पक्षमा धारणा राखेपछि ओली आक्रोशित बनेका थिए । नेतृत्वमाथि राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा प्रहार […]

    10. सचिवालय बैठकपछि बस्नेतले भने : ओलीले राजीनामा दिन्छन् भनेर भ्रामक प्रचार गरियो

      काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको राजीनामाबारे गरिएको प्रचार भ्रामक भएको बताएका छन् । चौथो दिन बसेको एमाले सचिवालय बैठक सम्पन्न भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले पार्टीभित्र अध्यक्ष ओलीले राजीनामा दिने विषयमा फैलाइएका समाचारहरू गलत र पार्टी हित विपरीत भएको दाबी गरे । उनले भने ‘ओलीले राजीनामा दिन्छन् भन्ने हिसाबले […]

    11. एमाले सचिवालय बैठक : अध्यादेशबाट शासन चलाउन खोजिएको प्रति ध्यानाकर्षण

      काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठकले सरकारको स्वेच्छाचारी कार्यशैलीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी उपमहासचिव लेखराज भट्टले पार्टी अध्यक्षबाट संगठनभित्र एकता कायम गर्न निर्देशन आएको जानकारी दिएका छन् । बैठकले पार्टी पदाधिकारीहरूको वरीयताक्रम यथावत् कायम रहने निर्णयसमेत गरेको बताइएको छ। बैठकमा वर्तमान सरकारले स्वेच्छाचारी ढंगले काम गरिरहेको, अध्यादेशमार्फत् […]

    12. दश घण्टादेखि एमाले सचिवालय बैठक जारी, के हुँदै छ ?

      काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक दश घण्टादेखि जारी रहेको छ। बिहान ११ बजेदेखि सुरू भएको बैठक अझैसम्म पनि निष्कर्षमा पुग्न सकेको छैन । बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक संगठन, आगामी रणनीति तथा विभिन्न समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ। पार्टी सचिव भानुभक्त ढकालले बैठक अझै जारी रहेको र निष्कर्षमा पुग्न केही […]

    13. एमाले सचिवालय बैठक : १९ पदाधिकारीमध्ये अध्यक्ष ओलीको बचाउमा चार नेतामात्रै उभिए

      काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक तीन दिनदेखि भक्तपुरको गुन्डुमा जारी छ । अध्यक्ष केपी शर्मा ओली निवासमा बसिरहेको बैठकले फागुन २१ यताको परिस्थितिबारे पनि समीक्षा गर्दैछ। गत शुक्रबारदेखि बसेको सचिवालय बैठकमा आइतबार सचिवाहरूले बोलेका छन् । एमालेमा आइतबारसम्म बोलेका १९ मध्ये चारजना पदाधिकारीमात्रै ओलीको पक्षमा खुलेको बताइएको छ। आइतबार सबै पदाधिकारीले बोलिसकेकाले यो बैठक पनि […]

    14. ओलीको खम्बा बनेर उभिए महेश बस्नेत : अध्यक्षको बचाउ गर्दा परेछ भने राजनीति छोड्छु, घात गर्न सक्दिनँ

      काठमाडौं- नेकपा एमालेको शुक्रबारदेखि जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको बचाउ गर्दै सचिव महेश बस्नेतले आक्रामक धारणा राखेका छन्। बैठकमा अधिकांश नेताहरूले ओलीले मार्गप्रशस्त गर्नुपर्ने मत राखिरहेका बेला बस्नेतले उनीमाथि भएको आक्रमणलाई ‘गैरजिम्मेवार र अपराधिक मानसिकता’ भनेका छन्। बैठकमा बोलेका बस्नेतले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था, हालैका राजनीतिक घटनाक्रम र पार्टीको रणनीतिबारे विस्तृत रूपमा आफ्नो […]

    15. ‘म नेतृत्व छाड्दिनँ, पार्टीलाई फेरि उठाउँछु’ : अध्यक्ष ओली

      काठमाडौँ। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जारी सचिवालय बैठकमा आफूलाई नेतृत्वबाट हटाउन खोजिएको भए कुन विधि र प्रक्रियाबाट हटाउने भन्ने प्रश्न उठाएका छन् । आफूनिकट नेताहरू नै पार्टी पुनर्गठनको पक्षमा खुलेपछि दबाबमा परेका ओलीले बहुसंख्यक सचिवालय सदस्यहरूको धारणा सुनिसकेपछि यस्तो प्रश्न उठाएको बैठकमा सहभागी एक नेताले बताएका छन् । जेठ ४ गतेदेखि जारी सचिवालय […]

    16. महेश बस्नेतको तर्क : पार्टी नेतृत्वको रक्षा गर्ने बेला ओलीलाई हटाउन खोज्नु गैरजिम्मेवार र आपराधिक मानसिकता

      काठमाडौं- शुक्रबारदेखि जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली इतिहासकै सबैभन्दा संकटपूर्ण अवस्थामा पुगेको देखिएको छ। भक्तपुरको गुन्डुमा जारी बैठमा आफूनिकट महासचिव शंकर पोखरेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ र विष्णुप्रसा पौडेलसहितले मार्गप्रशस्त गर्न भनेपछि ओली गम्भीर संकटमा परेका हुन् । यद्यपि ओलीले आफू कुनै हालतमा नेतृत्व छाड्न तयार नभएको बताइरहेका छन् । ओलीको पक्षमा उपाध्यक्ष रामबहादुर […]

    17. सचिवालयमा ओलीको प्रश्न– मलाई कुन विधिबाट कसरी हटाउने?

      नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी सचिवालय बैठकमा कुन विधिबाट नेतृत्व परिवर्तन गर्ने भनेर प्रश्न गरेका छन्।

      Setopati logoSetopatiPrivatepolitics42 publishers
    18. एमाले बैठक–ओलीले केन्द्रीय कमिटी माग गर्दै, अरु ‘अनिवार्य बहिगर्मन’को निर्णय गर्दै

      अध्यक्ष केपी शर्मा ओली निकटस्रोतका अनुसार सचिवालय बैठकमा उठेका विषयहरु केन्द्रीय कमिटीमा लगेर छलफल गर्नुपर्ने माग गर्दैछन् । तर, पदाधिकारीहरु ‘पहिले मार्गप्रशस्त, त्यसपछि केन्द्रीय कमिटी बैठक’ भन्ने पक्षमा छन् ।

    19. एमालेभित्र ओलीविरुद्ध असन्तुष्टि विस्फोट, राजीनामाको दबाब

      काठमाडौं । फागुन २१ को निर्वाचनपछि लगातार कमजोर बन्दै गएको नेपाल कम्युनिस्ट पार्टी (एमाले) अहिले गम्भीर आन्तरिक शक्ति संघर्षको भुमरीमा फसेको संकेत देखिन थालेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली, निर्णय प्रक्रिया र कार्यविभाजनप्रति असन्तुष्टि चुलिँदै जाँदा सचिवालय बैठकमै नेतृत्वविरुद्ध खुलेआम प्रश्न उठ्न थालेका छन् । भक्तपुरको गुण्डुस्थित ओली निवासमा जारी सचिवालय बैठकले […]

    20. ओलीले भने– मेरो कुरा भोलि भन्छु, तपाईंहरूले सम्झाउनु पर्दैन

      काठमाडौँ । नेकपा एमालेको जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको आवाज उठेको छ । शनिबारको बैठकमा सहभागी अधिकांश सचिवालय सदस्यले अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेपछि उनी आक्रोशित बनेका

      Ratopati logoRatopatiPrivatestory42 publishers
    21. आजका समाचार : ओलीलाई नेतृत्व छाड्न दबाब,  कार्यकर्ताबाटै लखेटिए रास्वपा सांसद र पाकिस्तानी प्रधानमन्त्री चीनमा

      ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दै, महासचिव पोखरेल पनि विपक्षमा उभिएनेकपा एमालेभित्र नेतृत्व परिवर्तनका विषयमा आन्तरिक बहस तीव्र बनेको छ । आज बसेको पार्टीको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोजिनुपर्ने आवाज बलियो गरी उठेको छ । बैठकमा आज बोल्ने पार्टीका अधिकांश शीर्ष पदाधिकारीहरूले वर्तमान कार्यशैलीबाट संगठन अगाडि बढ्न नसक्ने बताउँदै निकाल्दै नेतृत्वलाई नयाँ बाटो […]

    22. एमाले सचिवालय बैठक : अल्पमतमा पर्दा पनि गल्ती स्वीकार्न तयार छैनन् ओली

      काठमाडौं- फागुन २१ को निर्वाचनपछि पहिलो पटक बसेको नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली अल्पमतमा परेका छन् । १९ जना पदाधिकारीमध्ये दुई दिनको बैठकमा १४ जना पदाधिकारी बोल्दा १२ जनाले केपी ओलीको विकल्प खोज्नुपर्ने संकेत गरेका छन् । १२ नेतामध्ये ५-७ जना नेताहरूले त सोझै ओलीको राजीनामा नै मागेको बैठकमा सहभागी नेताहरूको दाबी […]

    23. लेखराज भट्टले बैठकमा भने– रूपान्तरण नै गर्ने भए ६० नाघेका सबैले राजीनामा दिऔं

      ९ जेठ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टी रूपान्तरण नै गर्ने भए ६० वर्ष नाघेका सबै नेताहरू पदबाट बिदा हुनुपर्ने बताएका छन् । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । बैठकमा बोल्ने क्रममा उनले ‘रूपान्तरण रूपान्तरण भनेर मात्रै’ नहुने बताएका थिए […]

    24. ओलीको राजीनामा माग भएपछि महेशको प्रतिवाद– संकटको बेलामा संरक्षण गर्नुपर्छ

      ९ जेठ, काठमाडौं । एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि नेताहरूले प्रश्न उठाउँदै राजीनामा मागिरहेका बेला सचिव महेश बस्नेतले प्रतिवाद गरेका छन् । यसअघि हिजो (शुक्रबार) को बैठकमा उपाध्यक्ष रामबहादुर थापाले ओलीको बचाउ गर्दै आफ्नो धारणा राखेका थिए । शनिबार पनि केही नेताहरूले ओलीलाई सिधा र घुमाउरो शैलीमा नेतृत्व छोड्न भनिरहेका छन् । […]

    25. मार्गप्रशस्त गर्न ओलीमाथि दबाब

      काठमाडौँ- नेकपा एमाले सचिवालय बैठकमा पार्टी नेतृत्वको विकल्पका विषयमा नेताहरुले फरक–फरक धारणा राखेका छन्। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको एमाले सचिवालय बैठकमा धारणा राख्ने केही नेताहरुले राजीनामा दिएर पार्टी पुनर्गठनका लागि मार्गप्रशस्त गर्न अध्यक्षलाई सुझाव दिएका छन् भने केही नेताहरुले वर्तमान नेतृत्वलाई नै बलियो बनाएर पार्टीलाई अघि बढाउनुपर्ने धारणा राखेका छन्। […]

    26. ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दै, महासचिव पोखरेल पनि विपक्षमा उभिए

      काठमाडौं- नेकपा एमालेभित्र नेतृत्व परिवर्तनका विषयमा आन्तरिक बहस तीव्र बनेको छ । आज बसेको पार्टीको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोजिनुपर्ने आवाज बलियो गरी उठेको छ । बैठकमा आज बोल्ने पार्टीका अधिकांश शीर्ष पदाधिकारीहरूले वर्तमान कार्यशैलीबाट संगठन अगाडि बढ्न नसक्ने बताउँदै निकाल्दै नेतृत्वलाई नयाँ बाटो प्रशस्त गर्न सुझाव दिएका छन् । विशेष गरी […]

    27. एमाले सचिवालय बैठक- कमीकमजोरी सच्याएर अघि बढ्न नेताहरूको सुझाव

      नेकपा एमालेको सचिवालयमा रहेका नेताहरूले कमीकमजोरी सच्याएर अघि बढ्न सुझाव दिएका छन् ।कमीकमजोरीहरू कहाँ कहाँ छन्, त्यसको समीक्षा गरेर जहाँ जहाँ सच्याउनुपर्ने हो र ज-जसका कमजोरी छन् ती हटाएर पार्टीलाई एकमना, एकता एकताबद्ध बनाउनुपर्ने नेताहरूले बताए ।एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डु भक्तपुरमा बसेको सचिवालय बैठकमा शनिबार महासचिव शंकर पोखरेल, उपमहासचिवत्रय योगेश भट्टराई, लेखराज भट्ट र रघुवीर महासेठले आफ्ना धारणा राखेका छन् ।यसैगरी ५ जना सचिवले समेत आफ्ना धारणा राखेको उपमहास

      Lokaantar logoLokaantarPrivatestory42 publishers
    28. एमाले बैठकपछि लेखराज-अतिरञ्जित ढङ्गले प्रचार गरियो, ओलीकै कमान्डमा अघि बढ्नुपर्ने नेताहरूको धारणा छ (भिडिओ)

      काठमाडौँ । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले हिजो बसेको बैठकमा भएका कुरा अतिरञ्जित पाराले बाहिर आएको बताएका छन् । सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी बैठकका कुरा नेताहरूले मिडियालाई दिएकोप्रति असन्तुष्टि जनाए ।उनले भने, ‘म जुन स्कुलिङबाट आएको छु, मलाई के लाग्छ भने बैठकभित्र विभिन्न प्रवृत्तिहरू आउँछन् र ती प्रवृत्तिमा बोल्ने, भन्ने वा लागेका विषयवस्तुहरू […]

    29. पार्टी बैठकमा भएका विषयलाई अतिरिञ्जत बनाइयो : एमाले उपमहासचिव भट्ट

      ९ जेठ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीको सचिवालय बैठकमा भएका विषयहरू अतिरञ्जित ढंगबाट बाहिरिएको भन्दै आपत्ति जनाएका छन् । अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको दोस्रो दिनको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘हिजो कयौं बैठकमा भएका चिजहरू अतिरञ्जित पाराले बाहिर आएका छन्,’ उनले भने । हिजोको […]

    30. एमाले सचिवालय : महासचिव, तीन उपमहासचिव र पाँच सचिवले राखे धारणा

      ९ जेठ, काठमाडौं । नेकपा एमालेको दोस्रो दिनको सचिवालय बैठक सकिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठक केहीबेरअघि सकिएको हो । आजको बैठकमा महासचिव शंकर पोखरेलले आफ्ना धारणा राखेका छन् । त्यस्तै, पार्टीका तीन उपमहासचिव र पाँच जना सचिवहरूले पनि धारणा राखेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । ‘उहाँहरूले आ–आफ्ना […]

    31. एमाले बैठक- आज महासचिव पोखरेलसहित ९ जना बोले, भोलि फेरि बस्ने

      काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलसहित ९ जनाले बोलेका छन्। पार्टी अध्यक्ष केपी ओली निवास गुण्डुमा बसेको सचिवालयले बैठकमा महासचिव, तीन उपमहासचिव र ५ जना सचिवले आफ्नो धारणा राखेको उपमहासचिव लेखराज भट्टले बताए। बैठकमा हिजोदेखि आजसम्म लागेका अनुभव राखेको बताए। उनले बाँकी ४ जना सचिवले भोलि कुरा राखेपछि प्रस्तावित एजेन्डाबारे निर्णय गर्ने […]

    32. एमाले सचिवालयमा अल्पमतमा परे ओली, महासचिव शंकर पनि पार्टी पुनर्गठनको पक्षमा खुले

      अहिलेसम्म बोलेका नेतामध्ये ओलीको बचाउमा उपाध्यक्ष बादल र सचिव महेश बस्नेतमात्र खुलेका छन् ।

    33. एमाले सचिवालय बैठक आज पनि जारी (तस्बिरहरू)

      काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ। अध्यक्ष केपी ओली निवास गुण्डुमा बैठक जारी छ। आजको बैठकमा महासचिव शंकर पोखरेल आफ्नो धारणा राख्नेछन्। हिजोको बैठकमा ५ जना उपाध्यक्ष बोलेका थिए। पार्टी पुनर्गठन गर्नुपर्ने भन्दै उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले ओलीको राजीनामा मागेका थिए। हिजो उपाध्यक्ष रामबहादुर थापा बादल मात्रै […]

    34. गोकर्ण बिष्टको प्रस्ताव : पार्टी जोगाउन सबैले पद त्याग्न तयार होऔं

      ९ जेठ, काठमाडौ । नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा उपाध्यक्षहरुले राखेको प्रस्ताव र अध्यक्ष केपी शर्मा ओलीको अडानका कारण पनि आजको बैठक महत्वपूर्ण हुने नेताहरु बताउँछन् । हिजो चार जना उपाध्यक्षले एकमतका सथ पार्टी पुनर्गठनको प्रस्ताव राखेका थएि । उपाध्यक्षहरु विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण बिष्ट र रघुजी […]

    35. एमाले सचिवालय बैठक बस्दै

      शुक्रबार थापाबाहेक चार उपाध्यक्षले पार्टीको पुनर्गठन आवश्यक रहेको भन्दै ओलीलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका थिए।...

      Nagarik News logoNagarik NewsPrivatepolitics42 publishers
    36. ओलीलाई सुब्बाले भने : एमाले कुनै व्यक्तिको निजी कम्पनी होइन

      काठमाडौं – नेकपा एमालेभित्र नेतृत्वबारे गम्भीर बहस चर्किएको छ। पार्टीको एघारौँ महाधिवेशनपछि पहिलोपटक भएको उच्चस्तरीय बैठकमा उपाध्यक्षद्वय विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व शैलीबारे प्रश्न उठाएका छन् । फागुन २१ को निर्वाचनपछि गुण्डुस्थित ओली निवासमा बसेको बैठकमा दुवै नेताले पार्टीभित्र सुधार र नेतृत्व परिवर्तन आवश्यक रहेको धारणा राखेको स्रोतको दाबी […]

    37. पृथ्वी र विष्णुको कुरा सुनेर केपी ओली ट्वाँ

      काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी ओलीलाई दरिलो साथ दिएका उपाध्यक्ष विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङको कुरा सुनेर ओली छक्क परेका छन् । आफ्ना गुटका भनिएका नेताहरूबाटै ओली बिदा हुनुपर्ने माग उठेपछि ओली छक्क परेको स्रोतको दाबी छ। फागुन २१ गतेको निर्वाचनपछि पहिलोपटक ओली निवास गुण्डुमै बसेको बैठकमा दुई उपाध्यक्षले ओली बिदा […]

    38. एमाले बैठकमा ४ उपाध्यक्षले राखे नेतृत्व रुपान्तरणको माग

      ८ जेठ, काठमाडौं । एमालेको सचिवालय बैठकमा पार्टीका चार जना उपाध्यक्षहरूले नेतृत्व रुपान्तरणको माग मागेका छन् । ओलीबाट पार्टी रुपान्तरण हुन नसक्ने निष्कर्षमा पुगेका उनीहरूले पार्टी रुपान्तरण र पुस्तान्तरणको माग गरेका हुन् । आजको बैठकमा ५ जना उपाध्यक्षहरूले बोलेका थिए । ती मध्ये विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विस्ट र रघुजी पन्तले रुपान्तरण र […]

    39. अध्यक्षबाट हट्नु भन्ने नेताहरूलाई ओलीको प्रश्न : बाहिरका कुरा सुनेर बोलेको कि मनभित्रैबाट भनेको ?

      काठमाडौं- नेकपा एमालेको शुक्रबारदेखि सुरू सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको बचाउ र आलोचना दुवै भएको छ। पाँचजना उपाध्यक्षमध्ये चारजना विपक्ष र एकजना पक्षमा देखिएका छन् । गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक बसेको एमाले सचिवालयको बैठकमा बोलेका उपाध्यक्षमध्ये बहुमत अब ओलीले बिदा हुनुपर्ने पक्षमा देखिए । उपाध्यक्षहरूको कुरा सकिएपछि ओलीले आजका लागि […]

    40. एमाले बैठक : निर्वाचनको समीक्षा

      काठमाडौँ- नेकपा एमाले सचिवालय बैठकमा निर्वाचनको समीक्षा र पार्टीको आन्तरिक विषयमा छलफल भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शुक्रबार बसेको सचिवालय बैठकमा पाँच जना उपाध्यक्षहरूले धारणा राखेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। सचिवालयका अन्य १२ जनाले शनिबार धारणा राख्ने उनले बताए। शुक्रबारको बैठकमा कार्यविभाजनको विषयमा प्रवेश नभए पनि केही विषयमा संशोधन हुनसक्ने […]

    41. ओलीको बचाउमा बादल, भने : नेतृत्व अप्ठ्यारोमा पर्दा ताली बजाउनु राम्रो होइन

      काठमाडौं- नेकपा एमालेको शुक्रबारदेखि सुरू सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको बचाउ र आलोचना दुवै कित्तामा नेताहरू बाँडिएका छन् । गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक बसेको एमाले सचिवालयको बैठकमा शुक्रबार बोलेका पाँच उपाध्यक्षमध्ये ४ जना ओलीको विपक्ष र एकजना पक्षमा देखिएका छन् । बैठकमा पाँचजना उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त […]

CPN-UML Secretariat Meeting Concludes Amid Internal Leadership Debates · K cha khabar