Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Maylast: 25 May

एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग

भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको नेकपा एमालेको सचिवालय बैठकमा बहुमत पदाधिकारीहरूले ओलीको राजीनामा मागेका छन्। उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तका साथै महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठनका लागि मार्गप्रशस्त गर्न ओलीसँग आग्रह गरेका हुन्। नेतृ अष्टलक्ष्मी शाक्यले पनि ओलीको दम्भका कारण पार्टी कमजोर भएको भन्दै नेतृत्व पुस्तान्तरणको माग गरेकी छिन्। यद्यपि, अध्यक्ष ओलीले आफूले पद नत्याग्ने अडान राखेपछि पार्टीभित्र विवाद चर्किएको छ।

Summary by Jayaman

12publishers
31headlines
Span: 2d 20hNE onlyUpdated 25 May
Covered by
+4
Broke on K cha khabarNepal Press logoNepal Press

एमाले बैठकमा चर्काचर्की, चार उपाध्यक्षले मागे ओलीको राजीनामा

नेकपा एमालेका सचिवालय वैठक आज तनावपूर्ण बनेको छ । पार्टीका चारजना उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि बैठकमा चर्काचर्की भयो ।

Coverage

30 more headlines since

first · 22 Maylatest · 25 May
    1. एमालेमा नेतृत्व परिवर्तनबारे जोडतोड बहस: ओलीले हारे कि जिते ?

      पार्टीको नेतृत्वमा आएको १२ वर्षपछि एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक सचिवालय बैठक (जेठ ४ देखि १०)मा अल्पमतमा परे । २०७१ सालमा पार्टीको अध्यक्ष बनेयता ओलीले पहिलोपटक आफ्नै टीमबाट राजीनामा माग्ने अवस्थाको सामना गरे ।नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको एजेन्डा सुन्न समेत तयार नभएका ओलीको चाहनाविपरीत कार्यदल बनेपछि ओली अत्यन्त रक्षात्मक बन्न पुगेका छन् ।एमालेकै पदाधिकारीहरूले यसलाई 'ओलीको हार'को रूपमा विश्लेषण गरेका छन् ।जेठ ८ गतेको बैठकमा उपाध्यक्ष विष्णु पौडेलसहित ४ जना उपाध्यक्षले ओल

      Lokaantar logoLokaantarPrivatestory31 publishers
    2. सारथिले छाडेपछि एमालेमा एक्लिदै छन् ओली

      काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको माग चर्कोरुपमा उठेको छ । सचिवालय बैठकमै ओलीले राजीनामा दिनुपर्ने माग उठेपछि उनीमाथि दबाब बढेको छ । सचिवालय बैठकमा अधिकांश नेताले ‘अब पार्टी यही शैलीमा चल्न नसक्ने’ भन्दै अध्यक्षले मार्गप्रशस्त गर्नुपर्ने सुझाव दिएका छन् । भक्तपुरको गुण्डुस्थित ओली निवासमा ४ जेठदेखि जारी सचिवालय […] The post सारथिले छाडेपछि एमालेमा एक्लिदै छन् ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    3. अपमान र दबाबको घेरामा ओली

      काठमाडौँ- ६ महिनाअघिसम्म केपी शर्मा ओलीका पक्षमा सशक्त भएर उभिएका एमालेका नेताहरू अहिले उनको विपक्षमा उभिएका छन्। पुस पहिलो साता सम्पन्न पार्टी महाधिवेशनमा ओलीलाई निरन्तर रूपमा तेस्रो पटक अध्यक्ष बनाउन साथ दिएका नेताहरू यति बेला ओलीले पद छाड्नुपर्ने पक्षमा उभिएका हुन्। पार्टी सचिवालयका बहुमत पदाधिकारीले ओलीले एमाले अध्यक्षबाट राजीनामा दिनुपर्ने अडान लिएपछि राजनीतिको उत्तरार्धमा पुगेका […]

    4. ‘केपी ओली मात्रै होइन, पहिलो पुस्ताका सबै नेता बिदा हुनुपर्छ’

      काठमाडौं- नेकपा एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पहिलो पुस्ता बिदा हुनुपर्ने आवाज उठिरहेको छ । ०७९ को निर्वाचनपछि पार्टीको प्रमुख सचेतक रहेका महेश बर्तौला पनि अध्यक्ष ओलीसहित पहिलो पुस्ताले स्वेच्छिक रुपमा सम्मानजनक बिदा भएर र अभिभावकत्व ग्रहण गरिदिनुपर्ने बताउँछन् । ओलीको विकल्प पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नरहेको संकेत गर्दै बर्तौला पहिलो पुस्ता र जिम्मेवारी पाएका […]

    5. ओली घेराबन्दीमा, बहुमत सचिवालय सदस्यले मागे राजीनामा

      काठमाडौँ । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा जारी सचिवालय बैठकमा बहुमत पदाधिकारीहरूले नेतृत्व परिवर्तनको माग गर्दै ओलीमाथि राजीनामाको दबाब बढाएका छन् । १९ सदस्यीय

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives31 publishers
    6. अखिलमा पनि पुग्यो ओलीले छाड्नुपर्ने आवाज

      काठमाडौँ- नेकपा एमालेमा पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्नुपर्ने आवाज उठिरहेको छ। जारी पदाधिकारी बैठकमा पनि अधिकांशले ओलीले मार्गप्रशस्त गर्नुपर्ने बताइरहेका छन्। नेताहरूका अनुसार एमालेको भविष्य निर्माणका लागि पनि ओलीले राजीनामा दिनुपर्ने हुन्छ। यही रस्साकस्सी चलिरहेका बेला ओलीको राजीनामा माग्ने क्रम भ्रातृ र जनवर्गीय संगठनमा पनि पुगेको छ। एमालेको भ्रातृ संगठन अनेरास्ववियुमा पनि […]

    7. ओली सचिवालयमा अल्पमतमादेखि, लुम्बिनी सरकार परिवर्तनको चर्चासम्म

      'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि पद छाड्नुपर्ने दबाब बढेको छ । सचिवालयका बहुसङ्ख्यक नेताहरू उनले मार्ग प्रशस्त गर्नुपर्ने निचोडमा पुगेका छन् ।जारी सचिवालय बैठक अन्तर्गत शनिबारसम्म बोल्ने नेताहरूमध्ये अधिकांशले ओलीले मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् । पार्टीभित्र पार्टी पुनर्गठनको आवाज बलियोसँग उठेको भन्दै नेताहरूले अब अहिलेकै नेतृत्वबाट पार्टी र आन्दोल

      Lokaantar logoLokaantarPrivatestory31 publishers
    8. महासचिव शंकर पोखरेलले पनि किन दिएनन् अध्यक्ष ओलीलाई साथ ?

      केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले यतिबेला आफ्नो आन्तरिक राजनीतिक इतिहासकै जटिल मोडमा उभिएको देखिन्छ ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics31 publishers
    9. अनेरास्ववियुको बैठकमा पनि मागियो ओलीको राजीनामा, केहीबेर विवाद

      आफ्नै कित्तामा भनिएका नेताहरूबाट समेत घुमाउरो शैलीमा ‘राजीनामा दिनू’ भन्ने दबाब खेपिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने भन्दै आजबाट सुरु भएको एमालेकै जनसंगठन अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकमा पनि आवाज उठेको छ ।

    10. बादल र महेश बचाउमा लाग्दा महासचिवसहितका नेताहरूले भने- ओलीबाट अब पार्टी चल्दैन

      नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि पद छाड्नुपर्ने दबाब बढेको छ । सचिवालयका बहुसङ्ख्यक नेताहरू उनले मार्ग प्रशस्त गर्नुपर्ने निचोडमा पुगेका छन् । जारी सचिवालय बैठक अन्तर्गत शनिबारसम्म बोल्ने नेताहरूमध्ये अधिकांशले ओलीले मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् । पार्टीभित्र पार्टी पुनर्गठनको आवाज बलियोसँग उठेको भन्दै नेताहरूले अब अहिलेकै नेतृत्वबाट पार्टी र आन्दोलन अघि बढ्न नसक्ने बताएका छन् । शनिबारको बैठकमा धारणा राखेका महासचिव शंकर पोखरेल पनि उपाध्यक्षहरूकै लाइनमा उभिए । महासचिव पो

      Lokaantar logoLokaantarPrivatestory31 publishers
    11. ओलीको राजीनामा माग्नेहरू अपराधी हुन्- महेश बस्नेत

      नेकपा एमालेका सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने नेताहरूलाई ‘अपराधी’को संज्ञा दिएका छन् ।अध्यक्ष ओलीको निवास गुन्डु भक्तपुरमा बसेको शनिबारको सचिवालय बैठकमा सचिव बस्नेत ओलीका पक्षमा दृढ रूपमा प्रस्तुत भएका हुन् ।जारी सचिवालय बैठकमा शुक्रबार उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, गोकर्ण विष्टलगायतले ओलीले मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए ।शुक्रबारको बैठकमा उपाध्यक्ष रामबहादुर थापाले मात्र नेतृत्वको बचाउ गर्नुपर्ने बताएका थिए ।शनिबारको बैठक

      Lokaantar logoLokaantarPrivatestory31 publishers
    12. बहुसंख्यकले राजीनामा मागेपछि ओलीको जवाफ- मलाई सम्झाउनु पर्दैन, सहमति भए पनि नभए पनि छाड्दिनँ

      नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अध्यक्षबाट राजीनामा नदिने बताएका छन् ।शनिबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले पार्टीभित्र सहमति भए पनि, नभए पनि आफूले नछाड्ने बताएका हुन् ।‘तपाईंहरूले मलाई सम्झाउनुपर्दैन । सहमति भए पनि, नभए पनि म छाड्दिनँ । के गर्नुहुन्छ ?’, बैठकमा ओलीको भनाइ उदृत गर्दै एक पदाधिकारीले भने ।शनिबार एमाले अध्यक्ष ओलीको निवास गुन्डु भक्तपुरमा बसेको बैठकमा महासचिव शंकर पोखरेलसहितका नेताहरूले अहिलेकै नेतृत्वबाट पार्टी चल्न नसक्ने भन्दै पुनर्गठन गरेर जानुपर्ने बता

      Lokaantar logoLokaantarPrivatestory31 publishers
    13. महासचिव शंकर पोखरेलले ओलीलाई भने, यथास्थितिमा अघि बढ्न सकिँदैन, मार्ग प्रशस्त गर्नुस्

      काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढेको छ । शुक्रबारको बैठकमा चार उपाध्यक्षले अध्यक्ष ओलीको राजीनामा मागेकोमा शनिबार पनि महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई लगायतका

      Ratopati logoRatopatiPrivatestory31 publishers
    14. योगेश भट्टराईले मागे ओलीको राजीनामा

      काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिएर पार्टी पुनर्गठनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका छन् । शनिबार अध्यक्ष ओली निवास गुण्डुमा बसेको केन्द्रीय सचिवालय बैठकमा आफ्नो धारणा राख्ने क्रममा नेता

      Ratopati logoRatopatiPrivatestory31 publishers
    15. ओलीलाई अष्टलक्ष्मीको सुझाव- एमाले कसैको कम्पनी होइन, राजीनामा दिनुस्

      काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेकी छन्। जारी सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व छाड्न बहुमत पदाधिकारीले दबाब दिइरहेका बेला पूर्वउपाध्यक्ष समेत रहेकी शाक्यले पनि सोही मागमा

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives31 publishers
    16. आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्न ओलीलाई ईश्वर पोखरेलको चेतावनी

      काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बसिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीलाई पद छोड्न दबाब बढिरहेको छ । यसै सन्दर्भमा एमाले नेता इश्वर पोखरेलले एमाले आत्मसमीक्षा र पुनर्गठनको बाटोबाट मात्र अगाडी बढ्न सक्ने भन्दै

      Global Aawaj logoGlobal AawajPrivatearchives31 publishers
    17. अध्यक्ष ओलीलाई सचिवालय बैठकबाटै बिदा लिन अष्टलक्ष्मी शाक्यको सुझाव

      नेकपा एमालेकी पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई पद छाड्न अनुरोध गरेकी छन्।

      Setopati logoSetopatiPrivatepolitics31 publishers
    18. ओलीलाई अष्टलक्ष्मीको अनुरोध : दम्भ त्यागेर कार्यकर्ताको भावना बुझ्नुहोस्

      काठमाडौँ- नेकपा एमालेको नेतृ अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी ओलीको राजीनामा मागेकी छन्। जारी सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व छाड्न बहुमत पदाधिकारीले दबाब दिइरहेको बेलामान शाक्यले पनि साथ दिएकी हुन्।पूर्वउपाध्यक्ष समेत रहेकी शाक्यले शास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने ओलीको सोच गलत भएको तर्क गरेकी छन्। उनले भनेकी छन्, ‘कमरेड अध्यक्ष केपी शर्मा ओली। तपाईँ नेकपा […]

    19. एमालेका अन्य नेताले पनि माग्न थाले ओलीको राजीनामा

      काठमाडौँ । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई मार्गप्रशस्त गर्न सुझाव दिनेहरू बढ्दै गएका छन् । शुक्रबारको सचिवालय बैठकमा पार्टी उपाध्यक्षहरूले राजीनामा मागेको विषय सेलाउन नपाउँदै अन्य नेताहरूले पनि उनलाई माग्रप्रशस्त गर्न आग्रह गरेका छन्

      Ratopati logoRatopatiPrivatestory31 publishers
    20. एमाले ओलीको पेवा र गुटको कम्पनी होइन, राजीनामा दिनुस् : अष्टलक्ष्मी शाक्य

      नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी ओलीको राजीनामा मागेकी छन्। जारी सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व छाड्न बहुमत पदाधिकारीले दबाब दिइरहेको बेला शाक्यले पनि राजीनामा मागेकी हुन् । शास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने ओलीको सोच गलत भएको उनको भनाइ छ । उनले पार्टी कमजोर अवस्थामा पुग्दा समेत ओलीको दम्भ घमन्ड र गुटगत सोच उस्तै रहेको बताइन् ।अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्ने उनले बताइन्। उनले यही बैठकबाट स-सम्मान अध्यक्ष पदबाट ब

      Lokaantar logoLokaantarPrivatestory31 publishers
    21. केपीलाई अष्टलक्ष्मीको सुझाव : यही बैठकबाट बिदा लिनुस्

      ९ जेठ, काठमाडौं । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स-सम्मान अध्यक्ष पदबाट बिदा लिन आग्रह गरेकी छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै नेतृ शाक्यले ओलीको दम्भ, घमण्ड र गुटगत सोचका कारण पार्टी कमजोर स्थितिमा पुगेको भन्दै नेतृत्व पुस्तान्तरण गर्न जोडदार माग गरेकी हुन्। अध्यक्ष ओलीले तीन कार्यकाल नेतृत्व […]

    22. ओलीलाई अष्टलक्ष्मी शाक्यको सुझाव- यही बैठकबाट राजीनामा दिनुस्

      काठमाडौं । नेकपा एमालेको नेतृ अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी ओलीको राजीनामा मागेकी छन्। जारी सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व छाड्न बहुमत पदाधिकारीले दबाब दिइरहेको बेलामान शाक्यले पनि साथ दिएकी हुन्। पूर्वउपाध्यक्ष समेत रहेकी शाक्यले

      Global Aawaj logoGlobal AawajPrivatearchives31 publishers
    23. ओलीलाई अष्टलक्ष्मी शाक्यको सुझाव- यही बैठकबाट राजीनामा दिनुस्

      काठमाडौं । नेकपा एमालेको नेतृ अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी ओलीको राजीनामा मागेकी छन्। जारी सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व छाड्न बहुमत पदाधिकारीले दबाब दिइरहेको बेलामान शाक्यले पनि साथ दिएकी हुन्। पूर्वउपाध्यक्ष समेत रहेकी शाक्यले शास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने ओलीको सोच गलत भएको तर्क गरेकी छन्। उनले भनेकी छन्, ‘कमरेड अध्यक्ष केपी शर्मा ओली। […]

    24. एमाले बैठक– नेतृत्व बहिर्गमनका पक्षमा थप पदाधिकारी खुल्दै, ओली केन्द्रीय कमिटीमा बहुमत दावी गर्दै

      काठमाडौँ । नेकपा एमालेको जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीमाथि नेतृत्व त्यागेर पार्टी पुनर्गठनमा सघाउन दबाब ढेको छ । शुक्रबार ४ उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन् । शनिबार बस्ने गरी शुक्रबारको

      Global Aawaj logoGlobal AawajPrivatearchives31 publishers
    25. नेतृत्व छाड्ने कुरा बैठकमा उठेपछि रिसाए ओली, प्रधानन्यायाधीशलाई ३९ बुँदे ध्यानाकर्षणपत्र

      'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-नेकपा एमालेका ४ जना उपाध्यक्षले नेतृत्व छाड्न अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।ओलीकै निवास गुण्डुमा शुक्रबार बसेको सचिवालय बैठकमा विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तले ओलीले नेतृत्व छाड्नुपर्ने बताएका हुन् ।नेताहरूको कार्यविभाजनलगायतका प्रस्तावमाथि छलफल गर्न बसेको सचिवालय बैठकमा बोलेका ५ मध्ये ४ जनाले ओलीले नेतृत्व छाड्नुपर्ने बता

      Lokaantar logoLokaantarPrivatestory31 publishers
    26. ओलीमाथि बढ्यो राजीनामाको दबाब : विष्णु पौडेलसहित कस–कसले मागे राजीनामा ?

      लामो समयदेखि ओलीनिकट मानिएका विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङजस्ता नेताले नै राजीनामा मागेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि उच्च नैतिक दबाब परेको छ । शुक्रबार सचिवालय बैठकमै चर्काचर्की, आरोप–प्रत्यारोप र ध्रुवीकरण देखिएपछि एमालेभित्र नेतृत्व हस्तान्तरण र

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives31 publishers
    27. एमाले बैठकमा ओलीलाई गुरुङको प्रश्न- पार्टी तपाईंको प्राइभेट कम्पनी हो ?

      एमाले सचिवालयको बैठकमा अध्यक्ष ओलीबाट अब चल्न नसक्ने खालको धारणा चार जना उपाध्यक्षहरूले राखेका थिए ।

    28. एमालेका चार उपाध्यक्षले मागे ओलीको राजीनामा, बैठकमै चर्काचर्की

      नेकपा एमालेको सचिवालय बैठकमा आज चर्काचर्की नै भएको छ । पार्टीका चारजना उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीसँग राजीनामा मागेका थिए ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics31 publishers
    29. ४ जना उपाध्यक्षले ओलीलाई भने– तपाईं असफल हुनुभयो, मार्ग प्रशस्त गर्नुस्

      नेकपा एमालेका ४ जना उपाध्यक्षले नेतृत्व छाड्न अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।ओलीकै निवास गुण्डुमा शुक्रबार बसेको सचिवालय बैठकमा विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तले ओलीले नेतृत्व छाड्नुपर्ने बताएका हुन् ।नेताहरूको कार्यविभाजनलगायतका प्रस्तावमाथि छलफल गर्न बसेको सचिवालय बैठकमा बोलेका ५ मध्ये ४ जनाले ओलीले नेतृत्व छाड्नुपर्ने बताएका हुन् । 'आज उपाध्यक्षहरूले बोल्ने क्रम सकियो, रामबहादुर थापा बाहेक अरू सबैले ओलीले नेतृत्व छाड्नुपर्ने कुरा राख्नुभयो,'

      Lokaantar logoLokaantarPrivatestory31 publishers
    30. एमाले सचिवालय बैठकमा चर्कियो विवाद, चार उपाध्यक्षद्वारा ओलीको राजीनामा माग

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only31 publishers
CPN-UML Leaders Demand Resignation of Chairman KP Sharma Oli · K cha khabar