Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 2d ago

आगामी आर्थिक वर्षको बजेटमा पुँजीगत लाभकर अन्तिम कर हुने घोषणा

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै धितोपत्र कारोबारमा लाग्ने पुँजीगत लाभकरलाई अन्तिम करको रूपमा रहने घोषणा गर्नुभएको छ। यस व्यवस्थाले सेयर बजारमा लामो समयदेखि रहेको कर सम्बन्धी अन्योल अन्त्य गर्दै अल्पकालीन लगानीकर्ताका लागि १० प्रतिशत र दीर्घकालीनका लागि ७.५ प्रतिशत कर नै अन्तिम हुने स्पष्ट पारेको छ। साथै, सरकारले गैरआवासीय नेपालीहरूका लागि पनि दोस्रो बजारमा लगानीको ढोका खुला गरेको छ। अर्थमन्त्री वाग्लेले यस निर्णयले पुँजी बजारमा सुधार ल्याउने र लगानीकर्ताको मनोबल उच्च बनाउने विश्वास व्यक्त गर्नुभयो।

Summary by Jayaman

10publishers
16headlines
Span: 2d 2hNE onlyUpdated 2d ago
Covered by
+2
Broke on K cha khabarNepal Press logoNepal Press

पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था

काठमाडौँ । पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरिएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् । बजेटमार्फत पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा मान्यता दिने घोषणा गरेका गरिएको हो । शेयर तथा अन्य पुँजीगत सम्पत्तिको कारोबारबाट उठ्ने पुँजीगत लाभकर अब अन्तिम करका रूपमा गणना हुने […]

Coverage

15 more headlines since

first · 4d agolatest · 2d ago
    1. पूँजीगत लाभकर विषयमा अर्थमन्त्रीले भने : फाइनल नै हो

      १७ जेठ, काठमाडौं । बजेटको एक लाइनमै धितोपत्रको दोस्रो बजारमा तिरिने पूँजीगत लाभकर अन्तिम भनेर व्याख्या गरियो । यो बुँदाले पूँजी बजारबाट जतिसुकै रकम नाफा गरे पनि त्यसमा तिरिएको लाभकर अन्तिम भन्ने बुझाउँछ । यो व्याख्यालाई अझ प्रष्ट पार्ने आर्थिक विधेयकले भने वार्षिक ४० लाख रुपैयाँसम्मको पूँजीगत लाभकर अन्तिम हुने आशय गरेको छ । वार्षिक […]

    2. अर्थसंक्षेप : बजेट ठूलो होइन, जीडीपीको तुलनामा सानै हो- अर्थमन्त्री, ५ प्रतिशत भ्याट ट्रान्सफर्मर, ट्रान्समिसन र सब-स्टेसन अपग्रेड गर्न- प्रधानमन्त्री र आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

      सेयरमा पुँजीगत लाभकरको व्यवस्था फाइनल नै हो : अर्थमन्त्री वाग्ले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेट भाषणको क्रममा व्यवस्था गरिएको पुँजीगत लाभकर अन्तिम कर हुने सम्बन्धी विषय अन्तिम नै भएको बताएका छन् । आइतबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै वाग्लेले व्यवस्था गरिएको विषयमा भ्रम छर्न खोजिएको भन्दै सम्बन्धित पक्षको आग्रहमा नै सो व्यवस्था गरिएको बताएका हुन् । […]

    3. सेयरमा पुँजीगत लाभकर अन्तिम कर नै हो: अर्थमन्त्री वाग्ले

      केही पक्षले अनावश्यक रूपमा भ्रम फैलाएको दाबी गर्दै उनले करको विषयमा गलत व्याख्या नगर्न आग्रह गरे।

      Setopati logoSetopatiPrivatekinmel16 publishers
    4. सेयरमा पुँजीगत लाभकरको व्यवस्था फाइनल नै हो : अर्थमन्त्री वाग्ले

      काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेट भाषणको क्रममा व्यवस्था गरिएको पुँजीगत लाभकर अन्तिम कर हुने सम्बन्धी विषय अन्तिम नै भएको बताएका छन् । आइतबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै वाग्लेले व्यवस्था गरिएको विषयमा भ्रम छर्न खोजिएको भन्दै सम्बन्धित पक्षको आग्रहमा नै सो व्यवस्था गरिएको बताएका हुन् । ‘फाइनल भन्यो वाग्लेले होइन रहेछ क्या हो भनेर लेख […]

    5. सेयर बजारको पुँजीगत लाभकर विवाद अन्त्य, अर्थमन्त्रीले भने, ‘७.५ र १० प्रतिशत नै फाइनल हो’

      काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारको पुँजीगत लाभकरका विषयमा भइरहेको भ्रम र अनिश्चितता अन्त्य गरेका छन् । अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका लागि तोकिएको क्रमशः १० प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम भएको

      Ratopati logoRatopatiPrivatestory16 publishers
    6. सेयरमा सबैलाई अन्तिम कर लागू नहुने

      अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्यको क्रममा सेयर कारोबारमा लाग्ने पुँजीगत कर नै अन्तिम हुने घोषणा गरे पनि सबैलाई यो व्यवस्था लागू नहुने देखिएको छ।

      Setopati logoSetopatiPrivatekinmel16 publishers
    7. सेयर बजारलाई उत्कृष्ट बजेट, यस्ता छन् समेटिएका विषय

      आगामी वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री वाग्लेले भने ‘सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पूँजीगत लाभकर अन्तिम हुने व्यवस्था मिलाएको छु ।’

    8. पुँजीबजार सुधारमा सरकारका ठूला घोषणा, पुँजीगत लाभकर अन्तिम कर हुने, खुल्यो एनआरएनएलाई लगानी ढोका

      काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पुँजीबजार र लगानीकर्तालाई लक्षित गर्दै महत्त्वपूर्ण नीतिगत सुधार घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकर (सीजीटी) लाई अन्तिम करका रूपमा व्यवस्था गरिने घोषणा गरे । लामो समयदेखि शेयर लगानीकर्ताले […]

    9. गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला

      काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा व्यवस्था गरिने घोषणा गरेका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् सरकारले शेयर बजारमा लगानी गर्ने लगानीकर्तालाई कर प्रणालीमा थप सहजता दिने नीति अघि सारेको हो । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले […]

    10. पुँजीगत लाभकर अन्तिम कर हुने, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला

      काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा व्यवस्था गरिने घोषणा गरेका छन्। आव २०८३/८४ को बजेटमार्फत सरकारले शेयर बजारमा लगानी गर्ने लगानीकर्तालाई कर प्रणालीमा

      Ratopati logoRatopatiPrivatestory16 publishers
    11. पुँजीगत लाभकर अन्तिम कर हुने, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला

      काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा व्यवस्था गरिने घोषणा गरेका छन् । आव २०८३/८४ को बजेटमार्फत सरकारले शेयर बजारमा लगानी गर्ने लगानीकर्तालाई कर प्रणालीमा थप सहजता दिने नीति अघि सारेको हो । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले गैरआवासीय […]

    12. पूँजीगत लाभकर अन्तिम कर हुने घोषणा

      काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीगत आगामी आर्थिक वर्षदेखि पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा घोषण गरेका छन् । अर्थमन्त्री डा. वाग्लेले आगामी आव २०८३/८४ को बजेट मार्फत सेयर कारोबारमा भएको लाभमा लाग्ने पूँजीगत

      Global Aawaj logoGlobal AawajPrivatearchives16 publishers
    13. पुँजीगत लाभकर अन्तिम हुने घोषणा

      सरकारले पुँजीगत लाभकरलाई अन्तिम करको रूपमा रहने घोषणा गरेको छ । शुक्रबार संघीय संसद्‌को संयुक्त बैठकको अगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लामो समयदेखि किचलोको रूपमा रहँदै आएको पुँजीगत लाभकरलाई अन्तिम करको रूपमा रहने घोषणा गरेको हो । उनले अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलाको अस्थिरता, आन्तरिक उत्पादनको शिथिलता, उत्पादनशील क्षेत्रमा न्यून लगानी तथा सार्वजनिक संस्थाप्रतिको अविश्वास चुनौतीको रूपमा रहे पनि सरकारले सोहीअनुसार काम गर्ने बताए ।

      Lokaantar logoLokaantarPrivatestory16 publishers
    14. सेयर लगानीकर्तालाई राहत : पूँजीगत लाभकर अब अन्तिम कर

      सरकारले आगामी आर्थिक वर्षदेखि सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा लागू गर्ने घोषणा गरेको छ ।...

      Nagarik News logoNagarik NewsPrivateeconomy16 publishers
    15. बजेट : धितोपत्र बिक्रीमा पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था

      काठमाडौँ- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुक्रबार संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै सूचीकृत कम्पनीका धितोपत्र बिक्रीबाट प्राप्त हुने पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा लिने व्यवस्था गरिएको बताएका छन्। यसअघि सेयर वा सम्पत्ति बिक्रीबाट प्राप्त नाफामा पुँजीगत लाभकर लाग्ने व्यवस्था रहेको थियो। नेपालमा विशेषगरी सेयर कारोबारमा ब्रोकरमार्फत स्रोतमा कर कट्टी हुने प्रणाली लागू छ। तर सो कर […]

Finance Minister Declares Capital Gains Tax Final in FY 2083/84 Budget · K cha khabar