संसद्मा अमर्यादित व्यवहार देखाउने सांसदमाथि छानबिन गर्न समिति गठन
१८ जेठ, काठमाडौं । संसद्मा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्ने विषयमा छानबिन समिति गठन भएको छ । सभामुख डोलप्रसाद अर्यालले ७ दिनभित्र प्रतिवेदन तयार पार्नेगरी समिति गठन भएको जानकारी गराए । प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम आवश्यक कारबाही अघि बढाउन सकिने पनि उनले जानकारी गराए […]







