हर्क साम्पाङलाई कारबाही गर्ने तयारीमा ट्राफिक प्रहरी
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सदस्य हर्कराज राई (हर्क साम्पाङ)लाई ट्राफिक नियम उल्लंघन गरेको कसुरमा कारबाहीको तयारी गरिएको छ ।एक हातले सवारी साधनको ह्यान्डल र अर्को हातले मोबाइल फोन समातेर 'भिडियो लाइभ' गर्दै लापरबाहीपूर्ण तरिकाले मोटरसाइकल चलाएको भन्दै ट्राफिक प्रहरीले उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको हो ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीका प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीका अनुसार साम्पाङलाई २४ घण्टे पुर्जी थमाउने तयार





