भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प: काराकासमा ठूलो क्षति, कैयौँ भवन भत्किए
भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा राजधानी काराकासमा ठुलो क्षति पुगेको छ । भूकम्पका कारण काराकासका कैयौँ भवनहरू भत्किएको बीबीसीले जनाएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो ७.२ म्याग्निच्युडको भूकम्प गएको मात्र ३९ सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को दोस्रो शक्तिशाली भूकम्प गएको थियो ।भूकम्पको धक्का छिमेकी देश कोलम्बियासम्म महसुस गरिएको प्रत्यक्षदर्शीहरूले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सलाई बताएका छन् ।स्थानीय समयअनुसार बेलुकी १८:०४ बजे मोन्टाल्वान क्षेत्रलाई केन्द्र



