घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड
काठमाडौँ – पूर्वी चीनको जियाङ्सु प्रान्तको नान्जिङ विकास क्षेत्र प्रशासनिक समितिका पूर्वकार्यकारी उपनिर्देशक याङ योउलिन लाई घुस लिएको अभियोगमा सोमबार मृत्युदण्डको फैसला सुनाइएको छ। जियाङ्सुको चाङझाउ सहरको मध्यवर्ती जनअदालतले याङलाई आजीवनका लागि राजनीति अयोग्य रहने गरी अधिकार खोस्ने र उनको सम्पत्ति जफत गर्ने पनि आदेश दिएको छ। अदालतको फैसलाअनुसार याङलाई भ्रष्टाचार, सार्वजनिक कोषको दुरुपयोग, शक्ति दुरुपयोग […]



