सम्पति विवरण पेश गर्न बाध्य नपार्न सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले छानबिनका नाममा कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्न सरकार र सम्पत्ति जाँचबुझ छानबिन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले शुक्रबार यस्तो आदेश जारी गरेको हो ।'नेपालको संविधान र प्रचलित कानूनको प्रतिकूलमा अपूरणीय क्षति हुने स्थिति देखिँदा प्रस्तुत रिट निवेदनको पूर्ण इजलासबाट अन्तिम टुंगो नलाग्दासम्म कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्नु, पेश हुन आएको सम्पत्ति विवरण उपर छानबिन गर्ने कार्
