
काठमाडौँको बुद्धनगरमा अर्को आत्मदाहको प्रयास, उद्धारपछि उपचार जारी
काठमाडौँ । काठमाडौँको बुद्धनगरमा पारिवारिक विवादपछि एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले भान्साकोठामा गएर आफूलाई आगो लगाएको र घाइते अवस्थामा उनको उद्धार गरिएको काठमाडौँ प्रहरीका प्रवक्ता पवन भट्टराईले बताए । उनको वीर अस्पतालमा उपचार जारी छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।



