कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ : भीष्मराज आङदेम्बे
नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले कांग्रेसले तीनै तहका पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्ने बताएका छन् ।कांग्रेस चितवनले ४४ औँ बीपी स्मृति दिवसका अवसरमा आज आयोजना गरेको ‘लोकतन्त्रका चुनौती र हाम्रो जिम्मेवारी’ विषयक विचार गोष्ठी तथा जरा अभियान २०८३ को समापन कार्यक्रममा उनले लोकतन्त्रको रक्षाका लागि कांग्रेसले अग्रज, समकालीन र जेनजी पुस्तालाई सम्मान गरेर अघि बढ्नुपर्ने बताए । उनले भने, 'अहिलेको नेतृत्वले तीन पुस्ताको सम्मान गरेर लोकतन्त्रको रक्षाका ल

