पाँचौंपटक तोकियो दशौं राष्ट्रिय खेलकुदको मिति, मंसिर १६ देखि २९ सम्म हुने
२८ साउन, काठमाडौं । दशौं राष्ट्रिय खेलकुदका लागि आगामी मंसिर १६ देखि २९ गतेसम्मका लागि मिति तोकिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहिबार बसेको १२५औं बोर्ड बैठकले पाँचौंपटक दशौं राष्ट्रिय खेलकुदको उक्त मिति तय गरेको एक सहभागीले जानकारी दिए । दशौं खेलकुद कर्णाली प्रदेश हुने यसअघि नै तय भइसकेको छ । यसअघि पनि पटकपटक मिति […]




