पाकिस्तानविरुद्धको टेस्टमा जब इङ्ल्यान्डका दुई बलरले बललाई काटेर आधा–आधा बाँडे !
लिड्समा जारी इङ्ल्यान्ड र पाकिस्तानबीचको पहिलो टेस्टको पहिलो दिन बिहीबार एउटा रमाइलो घटना भएको छ ।टस हारी पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले पहिलो पालीमा ४८.१ ओभरमै अलआउट हुनुअघि एक सय ७१ रनमात्र बनाउन सक्यो ।पाकिस्तानलाई सस्तोमा समेट्ने क्रममा इङ्ल्यान्डका बलर ओली रोविन्सन र जोश टङले पाँच–पाँच विकेट लिए ।त्यसपछि, यी दुबै बलरबीच एउटा समस्या आइलाग्यो । आखिर, यो उत्कृष्ट प्रदर्शनको सम्झनाका लागि त्यो बल सकले राख्ने त ? केही समयको छलफलपछि यसको पनि गतिलो निकास निकालियो । इङ्ल्यान्ड
