शेरबहादुर देउवाले दिएको निवेदन सर्वोच्चद्वारा अस्वीकार
सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाद्वारा दायर गरिएको फैसला/आदेश संशोधन सम्बन्धी निवेदनलाई अस्वीकार गरेको छ ।अदालतको पूर्वआदेशमा प्रत्यर्थी (विपक्षी) खण्डमा उल्लेख भएको ‘गगन कुमार थापाको अध्यक्षतामा प्रचारित नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति’ भन्ने व्यहोरा त्रुटिपूर्ण रहेको र त्यसलाई सच्याउनुपर्ने भन्दै देउवाका तर्फबाट दिइएको निवेदनमा सर्वोच्चले संशोधन गर्न नमिल्ने निर्णय सुनाएको हो ।न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार
