कांग्रेसको वडा अधिवेशन सार्ने तयारी, कार्यसम्पादन समितिमा निर्णय हुँदै
नेपाली कांग्रेसको वडा अधिवेशन करिब हप्ता सार्ने तयारी भएको छ ।वडा अधिवेशन सार्ने विषयमा आजको कार्यसम्पादन समिति बैठकले निर्णय गर्ने बैठकमा सहभागी एक पदाधिकारीले लोकान्तरलाई जानकारी दिए । 'असोज २ गतेबाट वडा अधिवेशन शुरू गर्ने तयारी छ,' ती नेताले भनेवडा अधिवेशन सरेमा अन्य तहको अधिवेशन र १५ औं महाधिवेशनको कार्यतालिकामा पनि हेरफेर हुनेछ ।कांग्रेसको पूर्वघोषित तालिका अनुसार १५औं महाधिवेशनका लागि यही भदौ २४ गतेबाट वडा अधिवेशन गर्नुपर्ने हुन्छ ।



