बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन, कहाँ को ?
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका १० वटै पालिकाको नेतृत्व चयन भएको छ । गाउँ तथा नगर अधिवेशनअन्तर्गत नौ स्थानीय तहमा सर्वसम्मत र एक स्थानीय तहमा मतदानमार्फत नेतृत्व चयन भएको हो ।जिल्लाका ८५ वटै वडामा वडा अधिवेशनपछि वडा सभापतिसहितको नेतृत्व चयन भएसँगै १० वटै स्थानीय तहमा गाउँ तथा नगर सभापतिसहित नेतृत्व चयन पूरा भएको नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए ।बागलुङ नगरपालिकाको सभापतिमा नारायण पौडेल, ढोरपाटन नगरपालिकाको नगर सभापतिमा दीपक अदै र जैमिनी नगरपालिकाको सभापति


