
शिक्षकको राजनीतिक गतिविधिमाथि निगरानी,सहभागी भए तत्काल कारबाही गर्न पत्राचार
उदयपुर- शिक्षा विकास तथा समन्वय एकाइ, उदयपुरले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई राजनीतिक दलका कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। एकाइले शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत विद्यालय शिक्षा शाखा, सिंहदरबार, काठमाडौँको पत्राचारलाई आधार बनाउँदै उदयपुरका सामुदायिक विद्यालयमा कार्यरत सबै शिक्षकलाई यस्तो निर्देशन दिएको हो। एकाइ प्रमुख भवानीप्रसाद कट्टेलद्वारा हस्ताक्षरित पत्रमा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू […]
