आइसिसीले फेर्यो क्रिकेटका यी नियम : ब्याटरले ढिलो गरे ५ रन पेनाल्टीदेखि टेस्ट क्रिकेटमा पिंक बलसम्म
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले क्रिकेटका विभिन्न प्रारूपमा नयाँ प्लेइङ कन्डिसन लागू गरेको छ। नयाँ व्यवस्था १ अक्टोबर वा त्यसपछि सुरु हुने अन्तर्राष्ट्रिय क्रिकेटमा लागू हुनेछ। यसअघि नै सुरु भइसकेका शृंखलामा भने पुरानै नियम कायम रहनेछ।

