कांग्रेस केन्द्रीय सदस्यमा नेता भट्टको उम्मेदवारी
युवा नेता सुशील भट्टले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।आइतबारबाट हुने १५ औँ महाधिवेशनमा आफू केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्ने उनले घोषणा गरेका हुन् ।काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधि रहेका उनले राजनीतिसँगै सामाजिक अभियान पनि चलाइरहेका छन् ।विद्यार्थी जीवनबाटै कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा आबद्ध भएका उनले २०६२/०६३ सालको जनआन्दोलनबाट राज्य व्यवस्था परिवर्तनमा समेत भूमिका निर्वाह गरेका थिए ।ग्रामीण आदर्श बहुमुख

