
जसपा नेपालका ४ नेताले दिए सामूहिक राजीनामा, ‘हुंकार मधेश’ अभियानमा जोडिने
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका ४ नेताले सामूहिक राजीनामा दिएका छन्। पूर्वसङ्घीय सांसद इन्दु कुमारी शर्मासहित चार जनाले राजीनामा दिएका हुन्। राजीनामा दिनेमा शर्मासहित जसपा नेपालका केन्द्रीय सल्लाहकार सदस्य युसुफ साफी, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता घनश्याम शर्मा र पार्टीका युवा नेता पुष्पराज चमनले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन्। […]

