बुटवलका मेयर पाण्डेयले दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी
नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा रूपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) खेलराज पाण्डेयले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।कांग्रेसको केन्द्रीय सदस्य खुला ४५ मध्ये उनले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् । उनी यसअघि कांग्रेस बुटवल उपमहानगरपालिकाका सभापति पनि थिए । नेता कार्यकर्ताबाट आफूलाई साथ आवश्यक रहेको भन्दै सहयोग गर्न पाण्डेयले आग्रह गरेका छन् ।
