एसियाली खेलकुदमा स्वर्ण जितेपछि सैन्य सेवा छुटको ‘अहंकारी’ घोषणाले निम्त्यायो विवाद
अन्तर्राष्ट्रिय खेल मञ्चमा स्वर्ण पदक जित्नु कुनै पनि खेलाडीका लागि वर्षौंको सपना पूरा हुनु सरह हो ।तर, दक्षिण कोरियाली फुटबल टोलीका कप्तान ली गी–ह्युकका लागि एसियाली खेलकुदको स्वर्ण पदक केवल सफलताको प्रतीक रहेन, त्यो उनको जीवनको सबैभन्दा ठूलो ‘राहत’ पनि बन्यो ।दुर्भाग्यवश, सोही राहतलाई उनले जसरी सार्वजनिक रूपमा प्रदर्शन गरे, त्यसले भने अहिले निकै ठूलो विवाद निम्त्याएको छ ।फाइनल खेलमा आयोजक जापानलाई १–० गोलले पराजित गर्दै स्वर्ण पदक जितेपछि निकै उत्साही बनेका २६ वर्षीय कप
