गगनलाई बधाई दिँदै विश्वप्रकाशले भने : लु ब्रदर- शुभकामना, हामीले सक्नुपर्छ र सक्नेछौं
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले निनिर्वाचित सभापति गगन थापालाई शुभकामना दिँदै यो यात्रा शुरू भएको तर लक्ष्य प्राप्त गर्न बाँकी रहेको बताएका छन् । शर्माले पार्टीभित्रका भिन्न मत र मनहरूलाई जोड्नुपर्ने, विगतका कमजोरी सच्याउँदै देशलाई गन्तव्यमा पुर्याउनुपर्ने बताएका छन् । उनले इतिहासप्रति इमानदार रहँदै विगतका गौरवलाई पछ्याउन र कमजोरी सच्याउनुपर्नेमा पनि जोड दिएका छन् । देशको समुन्नति सम्भव तुल्याउनुपर्ने भन्दै उनले सक्नुपर्छ र सक्नेछौँ भन्ने विश्वास व्यक्त गरेक




