Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

287 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

40

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको पुनरुत्थानका लागि सम्पूर्ण शक्ति एकजुट भएर लाग्नुपर्ने बताएका छन् । बाढीबाट भएको क्षतिको धादिङको गल्छीदेखि नुवाकोटको विदुर नगरपालिका–१० भैँसेसम्म स्थलगत अवलोकन गरेपछि शनिबार विदुरमा आयोजित सर्वपक्षीय छलफलमा दाहालले यसलाई ‘हिमालय विपत्ति’को संज्ञा दिँदै पुनरुत्थानका लागि […]

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा भएको आगलागीमा मृत्यु हुनेको सङ्ख्या शनिबार ७६ पुगेको फिलिपिनी कोस्ट गार्ड (पीसीजी)ले बताएको छ । घटनामा परेका १३ जना अझै बेपत्ता छन् । पीसीजीका अनुसार शनिबार थप ४१ शव फेला परेका छन्, जसले पुष्टि भएको मृत्युको कुल सङ्ख्या ७६ पु¥याएको छ । दुर्घटनामा परेका ४३ […]

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् । शनिबार सार्वजनिक भएको जर्मन प्रसारक डोयचे भेलेसँगको अन्तर्वार्तामा जेलेन्स्कीले आगामी डिसेम्बरमा अमेरिकाको मियामीमा हुने जी–२० शिखर सम्मेलनमा पुटिनसँग भेटेर वार्ता गर्न तयार रहेको बताए । दुवै नेता जी–२० शिखर सम्मेलनमा सहभागी हुने अवस्था आए […]

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि मधेस प्रदेशमा भइरहेको सुझाव सङ्कलन कार्यक्रमलाई प्रभावित पार्नेगरी घटनाको सन्दर्भ तोडमोड गरेर भ्रामक प्रचार गरिएको बताएका छन् । मन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कुनै पनि भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको मूल उद्देश्यलाई रोक्न नसक्ने स्पष्ट पारेका हुन् । उनका अनुसार सिरहा र सप्तरीमा […]

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुर्नवासको व्यवस्था गर्ने बताए । भक्तपुरका सञ्चारकर्मीहरूसँग आज सूर्यविनायकमा छलफलका क्रममा उनले घरबास गुमाएकाहरूको लागि प्रदेश सरकारले बस्ती निर्माण गरेर पुर्नवासको व्यवस्था गर्ने बताए। उनले भने, “रसुवामा आएको बाढीले बगाएको भोटेकोशी र त्रिशूली नदीको दायाँ–बायाँ क्षेत्रमा पुनः […]

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला पारी सम्बन्धित व्यक्तिलाई जानकारी नदिई राखेको आरोपमा प्रहरीले धादिङबाट एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार गजुरी गाउँपालिका–६ बन्छेटारका अन्दाजी ३५ वर्षीय रामबहादुर तामाङलाई गरगहनासहित नियन्त्रणमा लिइएको हो । गत भदौ १० […]

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको टापुमा फसेका दुई बालकमध्ये एक जनाको सकुशल उद्धार गरिएको छ भने अर्का एक बालक अझै फेला पर्न सकेका छैनन् । बाणगङ्गा नदीमा पौडी खेल्न गएका बाणगङ्गा नगरपालिका–८ का १६ वर्षीय रिदम लामा र १० वर्षीय बुद्ध लामा नदीको बहाव बढेपछि बीचको टापुमा फसेका थिए । […]

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सम्पन्न फाइनल खेलमा कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो । उपाधिसँगै अन्नपूर्णले रु २० लाख पुरस्कार राशि प्राप्त गरेको छ । फाइनल खेलमा अन्नपूर्णले एकतर्फी प्रदर्शन गर्‍यो । […]

आजका समाचार : नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु पर्यावरण, कार्यक्रम छाडेर शिक्षामन्त्री टाप, नेपाल एसिया कपमा छनोट र नयाँ दिल्लीमा ब्रिक्स सम्मेलन जारी

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयोसिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेल टाप कसेका छन् । गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा आफ्नै पार्टीका स्थानीय नेता–कार्यकर्ताले होहल्ला गरेपछि मन्त्री पोखरेल टाप कसेका हुन् । सहभागी कार्यकर्ताहरुले पार्टीको स्थानीय नेतृत्वसँग समन्वय नगरी एकलौटी रुपमा […]

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन जारी छ । सम्मेलनको साइडलाइनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच द्विपक्षीय भेटवार्ता भएको छ। भेटका क्रममा चिनियाँ राष्ट्रपति सीले चीन र भारतले आफ्ना द्विपक्षीय सम्बन्धलाई रणनीतिक दृष्टिकोणका साथै दीर्घकालीन विकासलाई ध्यानमा राखेर हेर्नुपर्ने बताएका छन् । दुई देशबीच केही भिन्नताहरू भए […]

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा विद्युत् गृहमा फसेकाको उद्धारलाई प्राथमिकतामा राखी खोजी गरिरहेको छ । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले रसुवाको स्याफ्रुबेँसीबाट चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म पुग्ने करिब एक किलोमिटर बढी पहुँच सडक निर्माण गरी हराइरहेकाको खोजी जारी राखिएको जानकारी दिए । चिलिमे आयोजनाको सुरुङ क्षेत्रमा ठाउँ साँघुरो हुँदा हेलिकप्टरबाट […]

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेल टाप कसेका छन् । गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा आफ्नै पार्टीका स्थानीय नेता–कार्यकर्ताले होहल्ला गरेपछि मन्त्री पोखरेल टाप कसेका हुन् । सहभागी कार्यकर्ताहरुले पार्टीको स्थानीय नेतृत्वसँग समन्वय नगरी एकलौटी रुपमा कार्यक्रम आयोजना गरिएको भन्दै होहल्ला गरेका थिए । बाहिरबाट […]

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक डा.भीष्मकुमार भुसालले भदौ महिनाको पुरस्कार घोषणा यही असोज १ गते गरिने जानकारी दिए। करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेटमार्फत उक्त उपहार कार्यक्रम […]

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ शिखर सम्मेलन जारी छ । सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिन्पिङले मध्यपूर्वमा भइरहेको युद्धले विश्वकै हित नगर्ने स्पष्ट पारेका छन् । अमेरिकी र इरानी सेनाबीच विगत छ महिनाभन्दा लामो समयदेखि जारी दोहोरो आक्रमण र होर्मुज जलडमरूमध्य जस्ता महत्त्वपूर्ण समुद्री मार्ग अवरुद्ध हुँदा विश्वव्यापी ऊर्जा […]

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित नमुनाका आधारमा अहिले विधिविज्ञान प्रयोगशालामा धमाधम डिएनएन परीक्षण भइरहेको छ । नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला र खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को प्रयोगशालामा डीएनए परीक्षण भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए। शव पहिचानका लागि संकलित डीएनए नमुनामा कुनै त्रुटि नहुने […]

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थानीय, शिक्षक र विद्यार्थी त्रिपालमुनि रात कटान बाध्य भएका छन् । लोमान्थाङ केन्द्रविन्दु भएर गएको पाँच दशलव तीन म्याग्निच्युडको भूकम्पको धक्काले लोमान्थाङका ८० प्रतिशत घर चर्किएका छन् । लोमान्थाङको दिव्यदीप स्कुलको विद्यार्थी छात्रावासको भवन तथा शिक्षक आवास पनि भूकम्पले चर्किएपछि बस्नै नमिल्ने भएको हो […]

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन गर्दै जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता दिन थालेको छ । विपद्का घटनाबाट जनधनको क्षति बेहोर्दै आएको यस जिल्लामा पछिल्ला तीन आर्थिक वर्षमा १४ हजारभन्दा बढी विपद्का घटना भएका छन् । बाढी, पहिरो, आगलागी, चट्याङ, करेन्ट लाग्ने, महामारी तथा जनावरको आक्रमणदेखि लडेर […]

ब्रिक्स सम्मेलनमा मोदी : ग्लोबल साउथलाई ‘नियम मान्ने’ बाट ‘नियम बनाउने’ स्थानमा पुर्‍याउनुपर्छ

काठमाडौं- नयाँ दिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन जारी छ । सम्मेलनको प्रारम्भीक सत्रलाई सम्बोधन गर्दै आयोजक राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको भूमिका अझ सशक्त हुनुपर्नेमा जोड दिएका छन् । ग्लोबल साउथका मुलुकहरुलाई केवल ‘नियम मान्ने’ भूमिकाबाट उठाएर ‘नियम बनाउने’ स्थानमा पुर्‍याउनुपर्ने उनको भनाइ थियो । यसका लागि युवा कूटनीतिज्ञहरूलाई आवश्यक […]

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को सुरुवाती चरणमै आवश्यक पूर्वतयारी र प्रभावकारी व्यवस्थापन गर्न नसक्दा ठूलो मानवीय क्षति भएको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले विपद् आउनुअघि आवश्यक तयारी र विपद्का बेला समयमै प्रभावकारी कदम चाल्न सके धेरै मानवीय क्षति रोक्न सकिने बताए। उनले देशमा आइपरेको […]

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच एकता हुनुपर्नेमा जोड दिएका छन् । आज वीरगञ्जमा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त मौलिक हक, लोकतन्त्र, सङ्घीयता, समावेशितालगायत प्राप्त संवैधानिक अधिकार संरक्षण गर्दै नागरिकका हक पूर्ण कार्यान्वयनका लागि पनि परिवर्तनकारी शक्तिबीचको कार्यगत एकताको आवश्यकता औँल्याए […]

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई लिएर चर्को आलोचना भएको छ । उनले सामाजिक सञ्जालमार्फत् यूएईको शारजाहमा एक जना नेपालीको राहदानी काम गर्ने ठाउँमा नै राखिएको भन्दै सहयोगका लागि अपिल गरेका थिए । उनले लेखेका थिए, ‘कसैले मदत गर्न सक्नु हुन्छ ??? शारजाह दुबई मा हुने कोहि नेपाली हुनुहुन्छ भने यो […]

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी भूमिका खोजिरहेको ब्रिक्स समूहका नेताहरू व्यापार, लगानी तथा विश्वव्यापी द्वन्द्वका विषयमा छलफल गर्न शनिबार नयाँदिल्लीमा भेला हुँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिनपिङ, इरानी राष्ट्रपति मसुद पेजेस्कियनसहित अन्य आठ सदस्य राष्ट्रका नेताहरूलाई शिखर सम्मेलनमा स्वागत गर्दै छन्। युक्रेन […]

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ । इन्द्रजात्रा पर्वको प्रक्रिया भाद्रपद शुक्ल द्वितीयादेखि सुरु हुन्छ । इन्द्रजात्राको लिङ्गो उठाउन रूख काट्न जानका लागि वन यात्रा गर्न जाने साइत भदौ २८ गते आइतबार बिहान ९ः५३ को रहेको समितिका अध्यक्ष एवं सहप्राडा पुरुषोत्तम भट्टराईले राससलाई जानकारी दिए । रुख काट्ने […]

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई ४४ रनले हराउँदै नेपालले दोस्रोपटक प्रिमियर कपको उपाधि जितेको हो । योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले […]

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो अत्यन्त महत्त्वपूर्ण मानिएको पूर्वपश्चिम पाइपलाइन (इस्ट-वेस्ट पाइपलाइन) अस्थायी रूपमा बन्द गरेको घोषणा गरेको छ। इराकबाट सञ्चालित इरान समर्थित लडाकुहरूले हवाई ड्रोनमार्फत आक्रमण गरी पाइपलाइनका विभिन्न खण्डमा क्षति पुर्‍याएपछि सुरक्षा सतर्कता अपनाउँदै यो कदम चालिएको साउदी ऊर्जा मन्त्रालयले जनाएको छ। विश्वकै सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता […]

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने डुबान तथा कटानबाट जोगाउन तटबन्धन निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ । बुल्दी खोलाको आसपासका बाघबजार, उत्तरशिला र पुल्चोक टोललगायतका क्षेत्र वर्षायाममा डुबान तथा कटानको जोखिममा पर्दै आएका छन् । खोलामा पानीको बहाव बढ्दा बस्ती तथा आसपासका संरचनामा समेत असर पुग्ने भएकाले जोखिमयुक्त स्थानको […]

Khabarhub logoKhabarhubPrivate3 publishers

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच शनिबार बिहान टेलिफोनमार्फत कुराकानी भएको छ। इराकी भूमिबाट साउदी अरबको ईस्ट–वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएपछि दुई देशका विदेशमन्त्रीबीच यो वार्ता भएको हो। इराकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, दुई मन्त्रीबीच क्षेत्रमा विकसित पछिल्ला घटनाक्रम तथा दुवै देशका साझा चासो र सरोकारका विषयमा छलफल भएको थियो। विज्ञप्तिमा इराक र साउदी अरबबीच निरन्तर सम्पर्क, समन्वय र सहकार्य कायम राख्नुको महत्त्वमा दुवै पक्षले जोड दिएको उल्लेख […]

Khabarhub logoKhabarhubPrivate4 publishers

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । सरकारले पाँच वर्षभित्र आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिएअनुरूप पछिल्लो समय सिक्टा सिँचाइको काम द्रुत गतिमा भइरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताए। बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उनले जानकारी […]

Khabarhub logoKhabarhubPrivate2 publishers

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले बजेटको पुनरावलोकन तथा परिमार्जनसहित पुनर्लेखनका लागि तत्काल प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले बजेट निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक प्रक्रिया अगाडि बढाउन आर्थिक मामिला […]

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप सुदृढ गर्नुपर्नेमा जोड दिएको छ। संयुक्त राष्ट्रसङ्घकी सहायक महासचिव तथा सुरक्षा परिषद्को आतङ्कवादविरोधी समितिको कार्यकारी निर्देशनालयकी प्रमुख नतालिया गेर्मानले आतङ्कवाद पछिल्लो समय थप विखण्डित, विकेन्द्रित र विभिन्न क्षेत्रमा फैलिँदो चुनौतीका रूपमा विकसित भइरहेको बताएका छन् । उनले आतङ्कवादी समूहहरूले संगठनात्मक संरचनामा परिवर्तन […]

Khabarhub logoKhabarhubPrivate2 publishers

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठ, कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठलगायत कोष सञ्चालक परिषद् सदस्यहरुसहित कर्मचारी, स्थानीयवासी र भक्तजनहरुको उपस्थितिमा पशुपति क्षेत्रका वाग्मती पारिको १५ शिवालय, मृगस्थली, किरातेश्वर, गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, भुवनेश्वरीलगायत मुख्य मुख्य क्षेत्रमा सफाइ गरिएको हो । त्यस क्षेत्रका अव्यवस्थित […]

Khabarhub logoKhabarhubPrivate2 publishers

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच श्ययाको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ । त्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपश्चात् फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले पाँच श्ययाको लेभल-१ अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो । अस्पतालबाट विशेषज्ञ […]

Khabarhub logoKhabarhubPrivate6 publishers

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन स्वास्थ्य निकायलाई निर्देशन दिएको छ। प्रदेश मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्दै स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८३/०८४ को अस्थायी दरबन्दी स्वीकृत नभएसम्म यस्तो व्यवस्था गर्न पत्राचार गरेको हो। गत आर्थिक वर्षको अस्थायी दरबन्दीमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई अन्य कार्यालयमा हाजिर गराउने वा कामकाजमा खटाउने कार्यसमेत रोक्न भनिएको छ। मन्त्रालयले निर्णयअनुसार प्रक्रिया अघि बढाउन सम्बन्धित स्वास्थ्य निकायलाई निर्देशन दिएको जनाएको छ।

Khabarhub logoKhabarhubPrivate2 publishers

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् : ‘न सास भेट्यो न लास’

रसुवा– जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा श्रमिकका रूपमा कार्यरत आफ्ना दुई जना भाइहरूको खोजीका लागि ११ दिनसम्म रसुवाको धुन्चे आसपासमा भौतारिरहे। उनी भदौ १३ गते नुवाकोटको त्रिशूलीबाट हिँडेर आफ्ना भाइहरूको खोजीका लागि रसुवाको सदरमुकाम धुन्चे पुगे। तर, ११ दिनसम्म धुन्चे र माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको वरपर खोजी […]

Khabarhub logoKhabarhubPrivate4 publishers

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्यांकन ९आरडिएनए० प्रतिवेदनअनुसार ७२ दशमलव चार करोड बराबरको क्षति भएको छ । जसमध्ये सबैभन्दा बढी कृषि विकास बैंकमा […]

Khabarhub logoKhabarhubPrivate9 publishers

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, ‘डीएनए प्रोफाइलिङ’, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय–प्रहरी साझेदारीलगायत कार्यक्रम सञ्चालन भइरहेका छन् । अपरेशनअन्तर्गत प्रहरी मुख्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय, नुवाकोटको समन्वयमा अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनःस्थापना, ट्राफिक व्यवस्थापनजस्ता काम पनि गरिरहेको छ । कमाण्ड टोलीले तालिमप्राप्त […]

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न नहुने बताएका छन् । उनले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै असंलग्न र सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार ‘काष्ठमण्डप संवाद’ शृङ्खलाअन्तर्गत ‘नेपाल–चीन सम्बन्धः सहकार्यका विस्तारित आयाम’ विषयक कार्यक्रममा सम्बोधन गर्दै खनालले नेपालले छिमेकी मुलुक चीनसँगको सम्बन्धलाई आर्थिक विकास र पूर्वाधार निर्माणका […]

Khabarhub logoKhabarhubPrivate2 publishers

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू)

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला खेलकुद विकास समितिले सञ्चालन गर्दै आएको ‘ग्रीन रंगशाला, क्लिन रंगशाला’ अभियानअन्तर्गत तमु धिं नेपालको अग्रसरतामा रंगशाला परिसरमा सरसफाइ गरिएको हो। सरसफाइ कार्यक्रममा २ सयभन्दा बढीको सहभागिता रहेको थियो। सहभागीहरूले रंगशाला परिसरमा रहेका फोहोर संकलन गर्नुका साथै झारपात हटाउने, गोडमेल गर्ने र परिसर सफा गर्ने काम गरेका थिए। […]

Khabarhub logoKhabarhubPrivate2 publishers

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि १६ जना मनोपरामर्शदाता परिचालन गरेको जनाएको छ। नेपाल प्रेस सोसाइटी सूर्यविनायक, भक्तपुरले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बाढी प्रभावित क्षेत्रमा मनोपरामर्शदाता खटाइएको जानकारी दिएका हुन्। उनका अनुसार बाढीपहिरोबाट सात हजारभन्दा बढी मानिस प्रभावित भएका छन्। मुख्यमन्त्री थापामगरले बाढीका कारण अभिभावक गुमाएका बालबालिकालाई […]

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्म कोषको खातामा १३ अर्ब ५४ करोड नौ लाख तीन हजार ११७ मौज्दात छ । कार्यालयका अनुसार भदौ २६ गते साँझ ५ः०० बजेपछि मात्रै रु २८ करोड २० लाख १४ हजार ३६६ थपिएको छ । उक्त […]

Earlier today

29

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतको नयाँदिल्ली पुगेका छन्। नयाँदिल्लीस्थित विमानस्थलमा उनलाई भारतका राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए। शी जिनपिङ सन् २०१९ पछि पहिलोपटक भारत भ्रमणमा आएका हुन्। भ्रमणका क्रममा राष्ट्रपति जिनपिङ र प्रधानमन्त्री मोदीबीच द्विपक्षीय भेटवार्ता हुने तयारी भइरहेको छ। भारतले राष्ट्रपति सीको नयाँदिल्ली आगमनलाई स्वागत गर्दै […]

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर रुपमा प्रभावित भइरहेको उल्लेख गर्दै सीमापार जोखिम न्यूनीकरणमा नेपाल र चीनबीच सहकार्य आवश्यक रहेको बताएका छन् । ‘फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसलिजम’ द्वारा शनिबार आयोजित ‘काष्ठमण्डप डायलग’को तेस्रो शृङ्खलालाई सम्बोधन गर्दै उहाँले हिमाली क्षेत्रका जोखिम न्यूनीकरण गर्न क्षेत्रीय तथा विश्वव्यापी सहकार्य अपरिहार्य रहेको बताए। […]

Khabarhub logoKhabarhubPrivate3 publishers

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको छ भने यसबाट मृत्यु हुनेको संख्या करिब तीन हजार ४ सय पुगेको छ । शुक्रबार सार्वजनिक गरिएको सरकारी स्वास्थ्य अवस्थासम्बन्धी पछिल्लो विवरणअनुसार सेप्टेम्बर १० सम्म ७ हजार २२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण तीन हजार ३ सय ९८ जनाको मृत्यु भएको छ […]

Khabarhub logoKhabarhubPrivate3 publishers

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन

एजेन्सी– इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा आत्मसमर्पण नगर्ने बताएका छन् । संयुक्त राज्य अमेरिकाले इरानीहरूलाई धम्की दिएर आत्मसमर्पण गर्न बाध्य पार्न नसकेकाले जीविकोपार्जनमा समस्या र सुविधाहरूको अभावको अवस्था सिर्जना गरी उनीहरूलाई आत्मसमर्पण गर्न बाध्य बनाउन खोजिरहेको उल्लेख गर्दै इरानी जनताले आत्मसमर्पण नगर्ने विषयमा जोड दिएका छन् । इरानको इरना समाचार एजेन्सीका […]

Khabarhub logoKhabarhubPrivate3 publishers

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकार्य, जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढाउनुपर्ने बताएका छन् । ‘फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसलिजम’द्वारा आज आयोजित ‘काष्ठमण्डप संवाद’ शृङ्खलाअन्तर्गत ‘नेपाल–चीन सम्बन्धः सहकार्यका विस्तारित आयाम’ विषयक कार्यक्रममा उनले भोटेकोशीको हालैको बाढीले नेपाल र चीनबीचको सीमा […]

Khabarhub logoKhabarhubPrivate6 publishers

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयनलाई थप व्यवस्थित बनाउन दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ। आयोगले ‘मिटर जडान तथा सञ्चालनसम्बन्धी निर्देशिका, २०८३’ र ‘डेभिएसन सेटलमेन्ट मेकानिजम तथा सम्बन्धित विषयसम्बन्धी निर्देशिका, २०८३’ राय, सुझाव तथा टिप्पणीका लागि सार्वजनिक गरेको हो। प्रस्तावित व्यवस्थाले खुला पहुँचमा जोडिने उत्पादक तथा उपभोक्ताको विद्युत् उत्पादन–खपतको यथार्थ मापन […]

Khabarhub logoKhabarhubPrivate2 publishers

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार भारु चार लाख ५० हजारसहित भारतको मोतीहारी पलानवा थाना–१० का ५५ वर्षीय अशोक कुमारलाई आज पक्राउ गरिएको हो । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मोटरसाइकलको डिक्कीमा लुकाइएका रु ५०० दरका ८९१ थान, २०० दरका […]

Khabarhub logoKhabarhubPrivate3 publishers

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

काठमाडौं– नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ वर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) ३८५ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ३८५ परिवार औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्। नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता […]

Khabarhub logoKhabarhubPrivate3 publishers

नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड

काठमाडौं- बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले नेपाललाई समावेशी तथा पहुँचयोग्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । नेपालमा पर्यटकीय सम्भावना बोकेका थुप्रै गन्तव्य रहेकाले अपाङ्गता भएका व्यक्तिसहित सबैका लागि पर्यटनलाई पहुँचयोग्य बनाउन सम्बन्धित निकायबीच सहकार्य, भरपर्दो सूचना र पहुँचयोग्य पूर्वाधार आवश्यक रहेको उनले बताए। नेपाल पर्यटन बोर्डमा आयोजित ‘जर्निज […]

Khabarhub logoKhabarhubPrivate3 publishers

पाकिस्तानमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीमा सरकारी विद्यालयको पर्खाल भत्किएपछि पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको प्रहरी तथा उद्धार अधिकारीहरूले बताएका छन् । ओराङ्गी सहरको मोमिनाबाद क्षेत्रमा भएको उक्त घटनामा सात जना भग्नावशेषमुनि फसेको अवस्थाबाट उद्धार गरिएको उद्धार सेवाका प्रवक्ताले बताए। उनका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप […]

Khabarhub logoKhabarhubPrivate3 publishers