Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 17 Aprlast: 27 Apr

नेपाली कांग्रेसले वैशाख ११ मा संसदीय दल नेता चयन गर्ने

नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि वैशाख ११ गते शुक्रबार निर्वाचन गर्ने घोषणा गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान ११ देखि १२ बजेसम्म उम्मेदवारी दर्ता र दिउँसो ४ देखि ५ बजेसम्म मतदान हुनेछ। सहमहामन्त्री प्रकाश रसाइली स्नेहीको नेतृत्वमा गठित निर्वाचन समितिले यो कार्यतालिका सार्वजनिक गरेको हो।

Summary by Sunny

12publishers
69headlines
Span: 1 weekNE onlyUpdated 27 Apr
Covered by
+4
Broke on K cha khabarNepal Press logoNepal Press

को बन्ला कांग्रेस संसदीय दलको नेता ? आज बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दैछ। दलको नेता चयनका लागि निर्वाचन समितिले आज सबै सांसदहरूलाई छलफलको लागि बोलाइएको छ । आज दिउँसो ३ बजेका दलको कार्यालय सिंहदरबारमा छलफल हुन लागेको निर्वाचन समितिका संयोजक एवं कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले बता…

Coverage

68 more headlines since

first · 17 Aprlatest · 27 Apr
    1. (न) बदलिएको कांग्रेसभित्र ‘प्रतिस्पर्धा’ मा रोक!

      काठमाडौँ– नेपाली कांग्रेसले आफूलाई रूपान्तरण भएको दाबी गरिरहे पनि व्यवहारमा भने पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा सीमित गर्ने प्रवृत्ति देखिएको छ। संसदीय दलको नेता चयन प्रक्रियामा प्रतिस्पर्धा हुन नदिई सर्वसम्मतका नाममा निर्णय गरिनु यसकै उदाहरण हो। निर्णय प्रक्रियामा शीर्ष नेतृत्वकै वर्चस्व देखिएको छ भने संसदीय दलको नेतामा आकांक्षी धेरै भए पनि नेतृत्वकै सहमतिमा टुंगो लगाइएको छ। यसबाट […]

    2. कांग्रेस संसदीय दलको बैठक सुरु

      आजको संसदीय दलको बैठक दलको नेता चयन गर्ने छ ।

    3. कांग्रेसले प्रमुख सचेतक र सचेतक पनि टुंग्याउँदै, यी सांसदको सम्भावना

      काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको नेताको चयन प्रक्रियामा भएको ढिलाइलाई वैधानिक र प्रक्रियागत कारणले भएको जनाएको छ। आज बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसेले संसदीय संरचनालाई समयानुकूल बनाउन आवश्यक संशोधनका कारण केही ढिलाइ भएको बताए। यसअघि लागू रहेको संसदीय दलको विधानलाई वर्तमान परिस्थितिअनुसार परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएकाले […]

    4. ८० वर्षमा पहिलो पटक कांग्रेस संसदीय दलको नेता जनजाति समुदायबाट

      नेपाली कांग्रेस पार्टी स्थापनाको ८० वर्षमा पहिलो पटक जनजाति समुदायबाट संसदीय दलको नेता चयन गर्ने भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics69 publishers
    5. दल नेता चयन गर्न सिंहदरबारमा कांग्रेस संसदीय दल बैठक (तस्बिरहरू)

      नेपाली कांग्रेसले आज संसदीय दल नेता चयन गर्ने भएको छ।

      Setopati logoSetopatiPrivatepolitics69 publishers
    6. कांग्रेस संसदीय दलको नेता चयनमा सकस

      काठमाडौं । निर्वाचन सम्पन्न भएको दुई महिना बित्न लाग्दासमेत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन । पार्टीभित्रको आन्तरिक टकराब एवं शक्ति संघर्षले दल नेता चयनमा सकस भएको हो । सहमतिका नाममा निर्वाचन कार्यसमेत रोकिएको छ । निर्वाचन कार्य रोकिएपछि दलको नेता चयन अनिश्चित बनेको छ । सर्वसम्मतिको प्रयास असफल […] The post कांग्रेस संसदीय दलको नेता चयनमा सकस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    7. संसदीय दल नेतामा कांग्रेसले जुटायो सहमति

      नेपाली कांग्रेसले संसदीय दल नेतामा सहमति जुटाएको छ।

      Setopati logoSetopatiPrivatepolitics69 publishers
    8. सर्वसम्मत दलको नेता चयन गर्दै कांग्रेस

      १४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले आज (सोमबार) संसदीय दलको नेता चयन गर्दैछ । त्यसका लागि आज बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । लगत्तै दिउँसो १ बजे संसदीय दलको बैठक बस्ने भएको छ । कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आजको बैठकको मुख्य कार्यसूची संसदीय दलको नेता चयन भएको जानकारी दिएका छन् […]

    9. सर्वसम्मत नेता चयनमा कांग्रेस अल्मलिँदै

      काठमाडौं। नेपाली कांग्रेसभित्र संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने प्रयास लगातार असफल भइरहँदा पार्टीभित्रको आन्तरिक शक्ति–सन्तुलन, गुटगत समीकरण र नेतृत्वको भविष्यबारेको प्रतिस्पर्धा सतहमा आएको छ । सहमतिका लागि गठन गरिएको कार्यदलले समेत ठोस निष्कर्ष निकाल्न नसक्दा कांग्रेस फेरि चुनावी प्रक्रियातर्फ धकेलिने संकेत देखिएको छ । शुक्रवार तय गरिएको निर्वाचन कार्यतालिका स्थगित गर्दै उपसभापति विश्वप्रकाश शर्माको […]

    10. कांग्रेस संसदीय दलको नेता सर्वसम्मतिले चयन होला ?

      कांग्रेस संसदीय दलको नेताका निम्ति अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, बासना थापा र निश्कल राई आकांक्षी छन् ।

      Baahrakhari logoBaahrakhariPrivatedetail69 publishers
    11. कांग्रेसको संसदीय दलको नेता चुन्दै, को बन्ला?

      काठमाडौँ- नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन गर्न आज बैठक बस्दैछ। संसदीय दलको नेता चयनको विषय पेचिलो बनिरहेका बेला बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । उक्त बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र त्यहीँबाट नाम टुङ्ग्याउने तयारी गरिएको छ । कार्यसम्पादन समितिको लगत्तै दिउँसो […]

    12. दलको नेता छान्दै कांग्रेस

      प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसले आज सोमबार संसदीय दलको नेता चयन गर्ने भएको छ ।पार्टीले दलको नेता चयन गर्नका लागि बनाएको निर्वाचन समिति संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले सोमबार दलको नेता चयन हुने जानकारी दिए । यसका लागि सोमबार बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने कार्यसम्पादन बैठकमा सभापति गगनकुमार थापाले सर्वसहमतिका लागि दलको नेतामा नाम घोषणा गर्ने तयारी भएको छ । थापाले बैठकमा दलको नेतामा सर्वस

      Lokaantar logoLokaantarPrivatestory69 publishers
    13. सोमबार कार्यसम्पादनमा गगनले नाम घोषणा गर्ने‚ १ बजे दलको बैठकबाट अनुमोदन

      प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसले भोलि सोमबार संसदीय दलको नेता चयन गर्ने बताएको छ । पार्टीले दलको नेता चयन गर्नका लागि बनाएको निर्वाचन समिति संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले भोलि दलको नेता चयन हुने जानकारी दिए । यसका लागि सोमबार बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको पनि उनले जानकारी दिए ।सहमहामन्त्री रसाइलीले भोलि बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने कार्यसम्पादन बैठकमा सभापति गगनकुमार थापाले सर्वसहमतिका लागि दलको नेतामा नाम घोषणा गर्ने तया

      Lokaantar logoLokaantarPrivatestory69 publishers
    14. कांग्रेसले सोमबार दलको नेता छान्दै, सर्वसम्मत नभए निर्वाचनमा लगिँदै

      काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार संसदीय दलको नेता चयन गर्ने भएको छ । आइतबार दिउँसो सिंहदरबारस्थित दलको कार्यालयमा सांसदहरूले त्यसबारे छलफल गरेका छन् । छलफलबाट सम्भव भएसम्म सोमबार सर्वसम्मतिबाट नभए निर्वाचन प्रकृयाबाट दलको नेता चयन गरिने भएको हो । ‘दलको नेता चयनका लागि हामीले छलफल गर्यौँ । भोलि बिहान ९ बजेबाटै आकांक्षीको नाम दर्ता […]

    15. भोलि दिउँसो १ बजे कांग्रेस संसदीय दल नेता चयन गरिन्छ- सहमहामन्त्री रसाइली

      नेपाली कांग्रेसका सहमहामन्त्री तथा निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीले सोमबार दिउँसो १ बजेसम्म पार्टी संसदीय दल नेता चयन भइसक्ने बताएका छन्।

      Setopati logoSetopatiPrivatepolitics69 publishers
    16. कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने

      १३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने भएको छ । भोलि बिहान ११ बजे बस्ने बैठकमा सभापति गगन थापाले सहमतिका लागि संसदीय दलको नेता प्रस्ताव गर्ने कार्यक्रम रहेको सहमहामन्त्री एवं निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिए । कार्यसम्पादन बैठकपछि दिउँसो १ बजे दलको कार्यालयमा सभापति थापाले सांसदहरूसँग छलफल […]

    17. कांग्रेस संसदीय दल नेता चयनमा ढिलाइ किन?

      चुनाव सकिएको डेढ महिना बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दल नेता चयन गर्न सकेको छैन।

      Setopati logoSetopatiPrivatepolitics69 publishers
    18. कांग्रेसले अझै चयन गर्न सकेन संसदीय दलको नेता

      नेपाली कांग्रेसले संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गर्ने उद्देश्यले तय गरिएको निर्वाचन प्रक्रिया स्थगित गरेको छ। यसअघि आजै निर्वाचनमार्फत नेता चयन गर्ने तयारीसहित कार्यतालिका सार्वजनिक गरिएको थियो।...

      Nagarik News logoNagarik NewsPrivatepolitics69 publishers
    19. गगन-विश्वको लाचारीमा कांग्रेस : संसदीय दल नेता चयन प्रक्रिया स्थगित

      काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष बुझाइएको ३५ दिन बितिसक्दा पनि नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न असमर्थ देखिएको छ। अन्य सबै दलले नेतृत्व टुंग्याएर अघि बढिसक्दा कांग्रेस भने आन्तरिक किचलोमै अल्झिएको हो। कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्दा प्रतिनिधिसभाले प्रमुख प्रतिपक्षी दलको नेता पाउन सकेको छैन। निर्वाचन आयोगले चैत ५ गते राष्ट्रपतिलाई परिणाम […]

    20. कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित, भोलिसम्ममा सहमति जुटाउन शीर्ष नेतालाई जिम्मवारी

      नेपाली कांग्रेसले संसदीय दलको नेता सर्वसम्मत चयन गर्नको लागि निर्वाचन प्रक्रिया स्थगित गरेको छ।

    21. कांग्रेसले गर्‍यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

      काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि शुक्रबार लागि तय भएको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । सहमति खोज्नका लागि भन्दै कांग्रेस कार्यसम्पादन समितिले कार्यदल गठन गरेपछि तत्कालका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको कांग्रेस संसदीय दलको नेता निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिए । कार्य सम्पादन समितिको बैठकले निर्देशन गरेअनुसार उपसभापति विश्वप्रकाश […]

    22. कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

      काठमाडौँ, वैशाख ११ गते । नेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया हाललाई स्थगित गरिएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सर्वसम्मत रूपमा नेता चयन गर्न निर्दे...

    23. भोलि साँझसम्म सर्वसम्मत रूपमा संसदीय दल नेता चयन हुन्छ- सहमहामन्त्री स्नेही

      नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले भोलि साँझसम्म संसदीय दल नेता सर्वसम्मत रूपमा चयन गरिने बताएका छन्।

      Setopati logoSetopatiPrivatepolitics69 publishers
    24. कांग्रेस संसदीय दल नेता निर्वाचन स्थगित, विश्वप्रकाशको नेतृत्वमा बन्यो समिति

      नेपाली कांग्रेस संसदीय दल नेता चयन प्रक्रिया स्थगित भएको छ।

      Setopati logoSetopatiPrivatepolitics69 publishers
    25. दलको नेतामा कांग्रेस अनिर्णयको बन्दी, अन्तिम समयमा निर्वाचन कार्यक्रम नै स्थगित

      काठमाडौं- प्रतिनिधि सभाको निर्वाचन भएको दुई महिना हुन लाग्दा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रियामा अनिर्णयको बन्दी बन्दै गएको छ। युवा नेताहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले हाँकिरहेको कांग्रेसमा अझै पनि प्रतिनिधिसभा संसदीय दलको नेता चयन प्रक्रिया टुंगिन नसकेको हो । जम्मा ३७ जना सांसदमध्ये दलको नेताका लागि २ देखि […]

    26. कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने भनिएको निर्वाचन स्थगित

      नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज हुने भनिएको निर्वाचन स्थगन भएको छ ।सहमतिमै नेता चयन गर्ने प्रयास स्वरूप निर्वाचन प्रक्रिया स्थगित भएको हो ।सहमतिका लागि उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा समिति समेत गठन भएको छ ।यसअघि निर्वाचन प्रक्रियाको जिम्मेवारी सहमहामन्त्री प्रकाश रसाइली स्नेहीसहित केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटुवाललाई दिएको थियो ।३८ सांसद रहेको प्रमुख प्रतिपक्षी दल कांग्रेसको नेतामा अर्जुननरसिंह केसी‚ भीष्मराज आङ्देम्बे र मोहन आचार्यबीच भिडन्त हुने ब

      Lokaantar logoLokaantarPrivatestory69 publishers
    27. नेपाली कांग्रेसले गर्‍यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

      नेपाली कांग्रेस प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया हाललाई स्थगित गरेको छ ।

    28. कांग्रेस बैठक– संसदीय दलको नेतामा सहमति खोज्न उपसभापति र महामन्त्रीलाई जिम्मा

      नेपाली कांग्रेसले संसदीय दलको नेतामा सहमति खोज्न उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीद्वय गुरूराज घिमिरे र प्रदीप पौडेललाई जिम्मा दिएको छ ।शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले दलको नेता सहमति मै चयन गर्ने निर्णय गरेको हो । संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन गर्ने कार्यक्रम छ ।बिहीबार नै निर्वाचन प्रक्रिया शुरू भएकोले आजै नेता चयनको प्रक्रिया टुंगाउने कांग्रेसको तयारी छ ।उपसभापति र महामन्त्रीले आजै संसदीय दलको नेताका आकांक्षीसँग कुरा ग

      Lokaantar logoLokaantarPrivatestory69 publishers
    29. संसदीय दलको विधान संशोधनसहित एजेन्डा राखेर कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

      नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बसिरहेको हो । बैठकमा संसदीय दलको विधान संशोधन मुख्य एजेण्डा रहेको छ । यस्तै, अन्य राजनीतिक समसामयिक विषयमा छलफल भइरहेको पार्टी कार्यालयका एक पदाधिकारीले जानकारी दिए । संशोधित विधान पारित भएपश्चात् आज दलको नेता चयन हुनेछन् । जसका लागि दिउँसो ३ बजेबाट प्रकृया शुरू हुने छ ।

      Lokaantar logoLokaantarPrivatestory69 publishers
    30. कांग्रेस संसदीय दलको नेता चयनका लागि आज शुक्रबार निर्वाचन हुँदै

      काठमाडौं । काठमाडौंमा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज शुक्रबार निर्वाचन हुँदैछ। प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको करिब दुई महिनापछि दलको नेता चयन प्रक्रिया अघि बढेको हो। निर्वाचन कार्यतालिका अनुसार दिउँसो ३ बजेदेखि उम्मेदवारी दर्ता सुरु हुने छ भने ४:४० बजे अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यसपछि साँझ ५ बजेदेखि मतदान हुने कार्यक्रम तय गरिएको […]

    31. सुकुम्बासी बस्तीमा त्रासदेखि मनपरी भाडा उठाउँदै सार्वजनिक यातायातसम्म

      ‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–करिब महिना दिनको रस्साकस्सीपश्चात् आज प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले संसदीय दलको नेता पाउँदैछ । दलको नेता चयनका लागि पार्टीले निर्वाचन प्रक्रिया अघि बढाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज ११ बजेदेखि १२ बजेसम्म दलको नेता बन्न चाहनेहरूको मनोनयन दर्ताको काम हुनेछ ।त्यसपश्चात् अन्य प्रक्रिया पूरा गर्दै साँझ ४ देखि ५ बजेसम्म मतदान कार्य हु

      Lokaantar logoLokaantarPrivatestory69 publishers
    32. कांग्रेस संसदीय दलमा त्रिपक्षीय भिडन्त, महिना दिनको रस्साकस्सीपछि आज निर्वाचन

      करिब महिना दिनको रस्साकस्सीपश्चात् आज प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले संसदीय दलको नेता पाउँदैछ । दलको नेता चयनका लागि पार्टीले निर्वाचन प्रक्रिया अघि बढाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज ११ बजेदेखि १२ बजेसम्म दलको नेता बन्न चाहनेहरूको मनोनयन दर्ताको काम हुनेछ ।त्यसपश्चात् अन्य प्रक्रिया पूरा गर्दै साँझ ४ देखि ५ बजेसम्म मतदान कार्य हुनेछ । मतदान सकिएपश्चात् गणना शुरू गर्ने र त्यसको केही समयमा नतिजा प्रकाश गर्ने तयारी निर्वाचन समितिको छ ।कांग्रेसको दलको नेताको निर्वाचन गराउने

      Lokaantar logoLokaantarPrivatestory69 publishers
    33. कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन

      ११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दैछ । सर्वसम्मतको प्रयास सफल हुन नसकेपछि निर्वाचनमार्फत् दलको नेता चयनको प्रक्रिया अघि बढाइएको छ । पूर्वनिर्धारित निर्वाचन कार्यक्रम अनुसार आज बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दिने कार्यक्रम छ । दाबी विरोध, जाँचबुझ, दोस्रो नामावली प्रकाशन, नाम फिर्ता लगायतका प्रक्रिया पूरा गरेपछि दिउँसो […]

    34. कांग्रेसले आज चयन गर्दैछ संसदीय दल नेता

      प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले शुक्रबार संसदीय दल नेता चयन गर्दैछ।

      Setopati logoSetopatiPrivatepolitics69 publishers
    35. कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन

      काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुने भएको छ। नेता चयन प्रक्रिया सञ्चालन गर्न गठित समितिले बिहीबार निर्वाचन तालिकामा आंशिक हेरफेर गरेको हो। संशोधित तालिकाअनुसार उम्मेदवारी दर्ता दिउँसो ३ बजे हुनेछ भने ४:३० बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ। मतदान प्रक्रिया भने साँझ ५ बजेदेखि सुरु गरिने तय गरिएको छ। प्रतिनिधिसभामा ३८ […]

    36. कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै : यस्तो छ निर्वाचन तालिका

      काठमाडौँ– नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन प्रक्रिया अघि बढाउँदै छ। पार्टीले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता बिहान ११ देखि १२ बजेसम्म हुनेछ भने मतदान साँझ ५ बजेसम्म सम्पन्न गरिने छ । दलको नेतृत्वका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। यस्तै मोहन आचार्यदेखि निष्कल राईसम्मका नाम […]

    37. कांग्रेस संसदीय दलको नेता चयनका निम्ति आज निर्वाचन

      निर्वाचन तालिकाअनुसार, उमेदवारी दर्ता दिउँसो ३ बजे हुनेछ । ४:३० सम्म उमेदवारको नाम फिर्ता लिने समय तोकिएको छ ।

      Baahrakhari logoBaahrakhariPrivatedetail69 publishers
    38. कांग्रेस संसदीय दलको निर्वाचनः आङदेम्बे-आचार्यबीच भिडन्त, केसी पनि आकांक्षी

      करिब महिना दिनको रस्साकस्सीपश्चात् भोलि अर्थात् शुक्रबार प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले संसदीय दलको नेता पाउँदैछ ।यसका लागि निर्वाचन प्रक्रिया पनि शुरू भइसकेको छ। दलको नेता चयनका लागि पार्टीले मतदाता नामावली प्रकाशन गरेर प्रक्रिया थालेको छ ।कांग्रेसको दलको नेताको निर्वाचन गराउने प्रक्रियाको जिम्मेवारी सहमहामन्त्री प्रकाश रसाइली स्नेहीसहित केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटुवाललाई दिएको छ ।रसाइली नेतृत्वको समितिले वैशाख ७ मा कार्यतालिका निकाल्दै ११ वैशाखमा दलको नेता चयन गर्

      Lokaantar logoLokaantarPrivatestory69 publishers
    39. कांग्रेस संसदीय दल नेताको उम्मेदवारी दर्ता समय परिवर्तन, भोलि ५ बजेपछि मतदान

      काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको सहमहामन्त्री प्रकाश रसाइली स्नेही नेतृत्वमा समितिले निर्वाचन कार्यतालिकामा हेरफेर गरेको हो । निर्वाचन कार्यतालिका अनुसार आज कांग्रेसले मतदाता नामावली सार्वजनिक गरिसकेको छ । यसअघि भोलि बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता, ४–५ […]

    40. कांग्रेस संसदीय दलको नेता चयन गर्न प्रक्रिया सुरू

      काठमाडौँ- नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु गरेको छ। कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिले बिहीबार मतदाताको अन्तिम नामावली पनि प्रकाशन गर्दै दलको नेता चयनका लागि प्रक्रिया सुरु गरेको हो। कांग्रेस संसदीय दलको नेता चयनका लागि शुक्रबार मनोनयन दर्ता र निर्वाचन प्रक्रिया हुँदैछ। त्यसअघि बिहीबार नै सिंहदरबारमा […]

    41. कांग्रेस संसदीय दल नेतामा ३ जनाले छाडेनन् दाबी, भोलि निर्वाचन

      नेपाली कांग्रेस संसदीय दल विधान सांसदहरूको छलफलबाट पारित भएर अनुमोदनका लागि पार्टीलाई पठाएसँगै संसदीय दल नेता चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ।

      Setopati logoSetopatiPrivatepolitics69 publishers
    42. कांग्रेस संसदीय दलको निर्वाचन कार्यतालिका संशोधन [कार्यतालिकासहित]

      प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यतालिका संशोधन गरिएको छ ।यसअघि भोलि शुक्रबार दिउँसो ४ बजे मतदान गर्ने भनिएकोमा त्यसलाई साँझ ५ बजेका लागि सारिएको छ । उम्मेदवारले दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने, उम्मेदवारको प्रथम नामावली दिउँसो ३:१० मा सार्वजनिक गर्ने, ३:२० सम्म उम्मेदवारीको दरखास्तमा दाबी विरोध गर्ने समय निर्धारण गरिएको छ ।यसैगरी, दाबी विरोधउपर जाँचबुझ दिउँसो ३:२५ बजे, उम्मेदवारको दोस्रो नामावली प्रकाशन दिउँसो ३:३० बजे गर्ने कार्यतालिका

      Lokaantar logoLokaantarPrivatestory69 publishers
    43. कांग्रेस संसदीय दलको विधान पारित

      कांग्रेसले भोलि (शुक्रबार) संसदीय दलको नेता चयन गर्दै छ । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट जितेको थियो ।

    44. कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने

      काठमाडौं- नेपाली कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने भएको छ । बिहीबार दिउँसो सिंहदरबारस्थित दलको कार्यालयमा सांसदहरुले सोबारे छलफल गरेका थिए । छलफलबाट भोलि सम्भव भएसम्म सर्वसम्मत र त्यसो हुन नसके निर्वाचन प्रक्रियाबाटै भएपनि दलको नेता चयन गरिने एक नेताले जानकारी दिए । ‘दलको नेता चयनका लागि आज हामीले छलफल गर्‍यौँ । भोलि बिहान […]

    45. संसदीय दलको नेता छान्न कांग्रेसले अघि बढायो निर्वाचन प्रक्रिया

      नेपाली कांग्रेसले संसदीय दलको नेता छान्नको लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ।

    46. कांग्रेसमा दलको नेता छान्ने प्रक्रिया शुरू

      प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन प्रक्रिया शुरू भएको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि निर्वाचन समिति गठन भएको छ । सहमहामन्त्री प्रकाश रसाइली स्नेहीको नेतृत्वमा समिति छ । उक्त समितिले निर्वाचन प्रक्रियालाई अघि बढाएको हो ।समितिले केही दिनअघि तालिका सार्वजनिक गरेर ११ गते दलको नेता चयन प्रक्रियालाई पूर्णता दिने घोषणा गरेको थियो । सोही घोषणा बमोजिम दलको नेता चयनका लागि मतदाता नामावली सार्वजनिक भएको हो ।दलको नेता चयनका लागि भोलि शुक्रबार उम्मेदवारी दर्ता

      Lokaantar logoLokaantarPrivatestory69 publishers
    47. कांग्रेस संसदीय दलको नेताका लागि ११ वैशाखमा निर्वाचन

      काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि ११ वैशाखमा निर्वाचन हुने भएको छ। निर्वाचन समितिका अनुसार सो दिन बिहान ११ बजेदेखि मध्याह्न १२ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ भने दिउँसो ४ देखि ५ बजेसम्म सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मतदान हुनेछ। मतदान सम्पन्न भएलगत्तै मतगणना गरिने कार्यतालिका सार्वजनिक गरिएको छ। प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले ३८ […]

    48. श्रम स्वीकृति पुनः खुलादेखि कांग्रेसका दुई ‘पूर्णबहादुर’ स्पष्टीकरणमा सम्म

      ‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–नेपाली कांग्रेस संसदीय दलको नेता चयन ११ गते शुक्रबार हुने भएको छ । यसका लागि सोमबार निर्वाचन कार्यतालिका प्रकाशन गरिएको छ ।दलको नेता चयन गर्नका लागि सहमहामन्त्री प्रकाश रसाइली स्नेहीको नेतृत्वमा निर्वाचन समिति गठन भएको थियो । उक्त समितिले कार्यतालिका प्रकाशन गरेको हो ।प्रकाशित कार्यतालिका अनुसार वैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्मका लागि उम्मेदवारी

      Lokaantar logoLokaantarPrivatestory69 publishers
    49. कांग्रेस संसदीय दलको नेता छान्न वैशाख ११ गते निर्वाचन

      गोरखापत्र समाचारदाताललितपुर, वैशाख ८ गते । नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्नका लागि वैशाख ११ गते निर्वाचन हुने भएको छ । कांग्रेस सहमहामन्त्री प्रकाश रसाइली स्नेही संयोजक रह...

    50. कांग्रेस संसदीय दलको नेता चयन शुक्रबार

      नेपाली कांग्रेस संसदीय दलको नेता चयन ११ गते शुक्रबार मात्र हुने भएको छ ।दलको नेता चयन गर्नका लागि सहमहामन्त्री प्रकाश रसाईली स्नेहीको नेतृत्वमा निर्वाचन समिति गठन भएको छ ।उक्त समिति सदस्य मुना भुसालका अनुसार दलको नेता ११ वैशाखमा मात्र चयन गर्ने निर्णय भएको हो ।यसका लागि १० गतेबाट प्रकृयाको थालनी हुने पनि उनले बताइन् ।भुसालका अनुसार ९ गते संसदीय दलको बैठक बस्ने छ र संसदीय दलको विधानको विषयमा बाँकी रहेका विषयहरूलाई टुंगोमा पुर्‍याइने छ ।

      Lokaantar logoLokaantarPrivatestory69 publishers
    51. कांग्रेस संसदीय दलको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

      नेपाली कांग्रेस संसदीय दलको नेता चयन ११ गते शुक्रबार हुने भएको छ ।यसका लागि सोमबार निर्वाचन कार्यतालिका प्रकाशन गरिएको छ ।दलको नेता चयन गर्नका लागि सहमहामन्त्री प्रकाश रसाइली स्नेहीको नेतृत्वमा निर्वाचन समिति गठन भएको थियो । उक्त समितिले कार्यतालिका प्रकाशन गरेको हो ।प्रकाशित कार्यतालिका अनुसार वैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय दिइएको छ ।सोही दिन ४-५ बजेसम्म मतदान हुने र मतदान सकिएपश्चात् मतगणना गरेर नतिजा सार्वजनिक गर्ने उल्लेख छ ।

      Lokaantar logoLokaantarPrivatestory69 publishers
    52. कांग्रेस संसदीय दलको नेता चयनका लागि वैशाख ११ मतदान

      काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि यही वैशाख ११ गते मतदान हुने भएको छ। कांग्रेस संसदीय दलको नेता निर्वाचन समितिले सोमबार निर्वाचन कार्यक्रम जारी गरेको हो। निर्वाचन कार्यक्रमअनुसार वैशाख ९ गते दिउँसो विधान तथा निर्वाचन निर्देशिकासम्बन्धी सांसदहरूसँग छलफल राखिएको छ। त्यसको भोलिपल्ट वैशाख १० गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गर्ने तालिका […]

    53. कांग्रेसले वैशाख ११ गते संसदीय दल नेता चयन गर्ने, चुनावी कार्यतालिका प्रकाशित

      नेपाली कांग्रेसले वैशाख ११ गते संसदीय दल नेता चयन गर्ने गरी चुनावी कार्यतालिका प्रकाशन गरेको छ।

      Setopati logoSetopatiPrivatepolitics69 publishers
    54. कांग्रेस संसदीय दलको नेता छान्न शुक्रवार निर्वाचन

      काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता शुक्रवार छान्ने भएको छ। शुक्रवार दलको नेताको निर्वाचन गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। वैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता, ४-५ बजेसम्म मतदान हुने कार्यतालिकामा उल्लेख छ। दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार हुन् । यसबाहेक मोहन आचार्यदेखि निश्कल राईसम्मको चर्चा […]

    55. कांग्रेस संसदीय दलको नेता चयन गर्न ११ गते मतदान

      ७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न लागि यही ११ वैशाखमा निर्वाचन हुने भएको छ । निर्वाच समितिले संसदीय दलको कार्यालय, सिंहदरबारमा ११ वैशाख दिउँसो ४ देखि ५ बजेसम्म मतदान हुने जानकारी गराएको छ । समितिले संसदीय दलको विधान अनुसार निर्वाचन कार्यतालिका तय गरिएको जानकारी गराएको छ । जस अनुसार, १० […]

    56. कांग्रेसले संसदीय दलको नेता चयनका लागि भोलि निर्वाचन गर्ने

      काठमाडौँ। नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन साेमबार हुने भएको छ । निर्वाचन सम्पन्न भएको डेढ महिनासम्म संसदीय दलको नेता चयन गर्न नसकेको कांग्रेसले वैशाख ८ गते दलको नेता चयन गर्ने निर्णय गरेको हो । उपत्यकामा रहेका सांसदहरुलाई उपत्यका नछाड्न र बाहिर भएकाहरुलाई साेमबारसम्म आइपुग्न सन्देश पठाइएको छ । यसैबीच, कांग्रेस सभापति गगन थापा र निवर्तमान […]

    57. कांग्रेस संसदीय दलको नेता छान्न मंगलबार निर्वाचन

      नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि वैशाख ८ गते मंगलबार निर्वाचन हुने भएको छ।

      Nagarik News logoNagarik NewsPrivatepolitics69 publishers
    58. कांग्रेस संसदीय दलको नेता चयनका लागि आज पनि बैठक बस्दै

      काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलका नेता छान्न आज पनि छलफल हुँदैछ । हिजो संसदीय दलका नेता छान्ने विषयमा छलफल भए पनि निष्कर्षमा पुग्न सकेको थिएन । दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा दलको नेताबारे छलफल भएको निर्वाचन समितिका संयोजक एवम् कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही…

    59. संसदीय दलको नेता चयन गर्न छलफल

      गोरखापत्र समाचारदाता काठमाडौँ, वैशाख ५ गते । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि शनिबार पार्टीका शीर्ष नेताबिच छलफल हुने भएको छ । कांग्रेस सहमहामन्त्री एवं संसदीय दलको नेता...

    60. नेता चयनमा कांग्रेसभित्र रस्साकस्सी, निर्णय प्रक्रिया लम्बियो

      दलको नेता छान्न गठित निर्वाचन समितिले शुक्रबार सिंहदरबारमा सांसदहरूसँग छलफल गरे पनि ठोस निष्कर्षमा पुग्न सकेन।...

      Nagarik News logoNagarik NewsPrivatepolitics69 publishers
    61. कांग्रेसले छान्‍न सकेन दलको नेता, अब शीर्ष नेताले सहमति जुटाउने

      काठमाडौं- नेपाली कांग्रेसले शुक्रबार पनि संसदीय दलको नेता चयन गर्न सकेन। बिहीबार नै चयन भइसक्ने तालिका थियो । तर शुक्रबार प्रक्रिया बल्ल अघि बढेको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको नेताबारे लामो छलफल भए पनि निर्णय हुन नसकेको निर्वाचन समितिका संयोजक प्रकाश स्नेही…

    62. कांग्रेस सांसदहरूको छलफलमा क-कसले राखे संसदीय दल नेताको आकांक्षा?

      नेपाली कांग्रेसले आज प्रतिनिधि सभाका सांसदहरूसँग छलफल गरेको छ।

      Setopati logoSetopatiPrivatepolitics69 publishers
    63. कांग्रेस संसदीय दलले आज नेता छान्न सकेन, भोलि पार्टी नेतृत्वसँग छलफल

      नेपाली कांग्रेसको संसदीय दल नेता छान्नको लागि निर्वाचन प्रक्रिया आजबाट सुरु भएको छ।

    64. कांग्रेस संसदीय दलको नेता छान्न समितिले थाल्यो छलफल

      नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि गठन गरिएको समितिले कांग्रेसका सबै सांसदहरूसँग संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल सुरु गरेको हो।

      Thaha Khabar logoThaha KhabarPrivatedetail69 publishers
    65. कांग्रेस : संसदीय दलको नेता चयन गर्न बैठक बस्दै

      नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले दलको नेताबारे छलफल गर्न पार्टीका सांसदको बैठक बोलाएको जानकारी दिए।...

      Nagarik News logoNagarik NewsPrivatepolitics69 publishers
    66. संसदीय दलको नेता चयन गर्न कांग्रेस सांसदहरुको बैठक

      काठमाडौँ, वैशाख ४ गते । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न पार्टीका सांसदहरुको बैठक बस्ने भएको छ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्व...

    67. संसदीय दलको नेता चयनका लागि कांग्रेसले डाक्यो बैठक

      काठमाडौं– नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि सांसदहरूलाई छलफलमा बोलाएको छ । संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले आज दिउँसो ३ बजे बैठक बोलाएको हो । बैठक कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ । ‘अहिले म दलको कार्यालयमै भेटघाटमा छु, सहमहामन…

    68. दलको नेताबारे छलफल गर्न कांग्रेस सांसदहरूको बैठक बस्दै

      ४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले प्रतिनिधिसभा सदस्यहरूलाई छलफलका लागि बोलाएको छ । निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई छलफलका…

Nepali Congress Sets Baisakh 11 Date for Parliamentary Party Leader Election · K cha khabar